News Portal

रारामा दशैं मनाउने पर्यटकको संख्या बढ्यो

८८६ पटक

असोज, २७ काठमाडौं : लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो विदामा धेरै व्यक्तिहरु बिभिन्न स्थानमा घुम्न निस्किन्छन् । पछिल्लो समय मुगुको रारा घुम्न गएर दशैं मनाउने स्वदेशी पर्यटकहरुको संख्या पनि बढेको छ ।

गत वर्ष ३ परिवार रारामा दशैंको दिन टीका लगाउन पुगेका थिए । यो वर्ष ७ परिवारले रिसोर्ट बुक गरेको रारा ताल छेउमा रहेको भिलेज हेरिटेज रिसोर्टका सञ्चालक राजु कार्कीले जानकारी दिए । उनले भने, ‘रारामा दशैं मनाउनका लागि दुई दर्जनभन्दा बढी परिवारले सोधखोज गर्नु भएको छ तर अहिलेसम्म ७ परिवारले मात्र कन्फर्म गर्नु भएको छ ।’

दशैंको समयमा हवाई टिकटको समस्या हुन्छ भन्ने हल्लाले गर्दा कतिपयले असहज मान्ने गरेको उनले बताए । समयमै टिकट बुकिङ गरेमा यस्तो समस्या नआउने उनको भनाइ छ ।

हवाईजहाज चढेर रारा जानेहरुलाई ३ रात ४ दिनको प्याकेज होटल सञ्चालकले बनाएका छन् । त्यसका लागि एक व्यक्तिका लागि ३५ हजार रुपैयाँ खर्च लाग्दछ । यसैगरी गाडि चढेर रारा आउनेहरुलाई ७ दिनको प्याकेज छ जसका लागि प्रतिव्यक्ति २५ हजार ५ सय रुपैयाँ लाग्ने कार्कीले बताए ।

रारा राष्ट्रिय निकुञ्जमा सडक सन्जालले छोएपछि सडकमार्ग हुँदै आन्तरिक पर्यटक आगमन वृद्धि भएको  हो । ताल्चा विमानस्थलको रनवे पनि पिच भएको छ । त्यसैले नेपालगन्जदेखि हवाईजहाजबाट समेत रारा जानेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । पर्यटकको आगमन बृद्धि भएलगत्तै रारा ताल नजिकै रहेका गाउँमा होमस्टे समेत सञ्चालन गरेका छन् ।

दैनिक ३ सयसम्म रारामा आन्तरिक पर्यटक जाने गरेका छन् । रारा ताल हेर्नलाई सबैभन्दा उपयुक्त स्थल मुर्मा टप हो । रारामा विश्वमै कहीँ पनि नपाइने स्नो ट्राउट प्रजातीको माछा पाइन्छ । रारा तालका दिनमा तीन पटकसम्म पानीको रंगसमेत परिवर्तन हुने गर्दछ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...