News Portal

    रारामा दशैं मनाउने पर्यटकको संख्या बढ्यो

    ७३४ पटक

    असोज, २७ काठमाडौं : लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो विदामा धेरै व्यक्तिहरु बिभिन्न स्थानमा घुम्न निस्किन्छन् । पछिल्लो समय मुगुको रारा घुम्न गएर दशैं मनाउने स्वदेशी पर्यटकहरुको संख्या पनि बढेको छ ।

    गत वर्ष ३ परिवार रारामा दशैंको दिन टीका लगाउन पुगेका थिए । यो वर्ष ७ परिवारले रिसोर्ट बुक गरेको रारा ताल छेउमा रहेको भिलेज हेरिटेज रिसोर्टका सञ्चालक राजु कार्कीले जानकारी दिए । उनले भने, ‘रारामा दशैं मनाउनका लागि दुई दर्जनभन्दा बढी परिवारले सोधखोज गर्नु भएको छ तर अहिलेसम्म ७ परिवारले मात्र कन्फर्म गर्नु भएको छ ।’

    दशैंको समयमा हवाई टिकटको समस्या हुन्छ भन्ने हल्लाले गर्दा कतिपयले असहज मान्ने गरेको उनले बताए । समयमै टिकट बुकिङ गरेमा यस्तो समस्या नआउने उनको भनाइ छ ।

    हवाईजहाज चढेर रारा जानेहरुलाई ३ रात ४ दिनको प्याकेज होटल सञ्चालकले बनाएका छन् । त्यसका लागि एक व्यक्तिका लागि ३५ हजार रुपैयाँ खर्च लाग्दछ । यसैगरी गाडि चढेर रारा आउनेहरुलाई ७ दिनको प्याकेज छ जसका लागि प्रतिव्यक्ति २५ हजार ५ सय रुपैयाँ लाग्ने कार्कीले बताए ।

    रारा राष्ट्रिय निकुञ्जमा सडक सन्जालले छोएपछि सडकमार्ग हुँदै आन्तरिक पर्यटक आगमन वृद्धि भएको  हो । ताल्चा विमानस्थलको रनवे पनि पिच भएको छ । त्यसैले नेपालगन्जदेखि हवाईजहाजबाट समेत रारा जानेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । पर्यटकको आगमन बृद्धि भएलगत्तै रारा ताल नजिकै रहेका गाउँमा होमस्टे समेत सञ्चालन गरेका छन् ।

    दैनिक ३ सयसम्म रारामा आन्तरिक पर्यटक जाने गरेका छन् । रारा ताल हेर्नलाई सबैभन्दा उपयुक्त स्थल मुर्मा टप हो । रारामा विश्वमै कहीँ पनि नपाइने स्नो ट्राउट प्रजातीको माछा पाइन्छ । रारा तालका दिनमा तीन पटकसम्म पानीको रंगसमेत परिवर्तन हुने गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    एनआरएनएको आधिकारिकताबारे कुनै पनि भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह

    अमेरिका, असार २ — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष महेशकुमार...

    रंगेलीका सुनचाँदी व्यवसाय ५ दिनदेखि बन्द

    रविन्द्र बराल/ मोरङ, असार २ – सरकारले सुनचाँदीमा अनावश्यक रुपमा कर लगाएको विरोधमा रंगेलीका सुनचाँदी...

    सुनचाँदी व्यवसायीहरू सडकमा : करको बोझ हटाउन माग

    काठमाडौं, असार २ – नेपालभरका सुनचाँदी व्यवसायीहरू सरकारले लगाएको नयाँ कर संरचनाविरुद्ध आक्रोशित बन्दै आज...

    फेसबुकमा आत्महत्या गर्ने संकेत दिएका डा. केशव श्रेष्ठ बालाजुमा सकुशल फेला, प्रहरी नियन्त्रणमा

    काठमाडौं, असार २ –  सामाजिक सञ्जालमा आत्महत्या गर्ने संकेतपूर्ण स्टाटस लेखेर हराएका डा. केशव श्रेष्ठ...

    ‘झूठा आरोप, मानसिक यातना र अब म सकिँदैछु’ — डा. केशव श्रेष्ठको भावुक स्टाटस

    रामेछाप, असार २ – रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसू) डा. केशव श्रेष्ठले एक भावुक...