News Portal

विश्वराज पोखरेलको मुद्दामा भएन सुनुवाइ

एआईजीविरुद्धको मुद्दाको सुनुवाइ सकियो

हिमालीसंचार संवाददाता
४६४ पटक

काठमाडौँ। धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै रिट निवेदन दायर गरेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको मुद्दामा सोमबार सुनुवाइ भएन।

आइतबारका लागि पेसी तोकिएको सो मुद्दा आइतबार सार्वजनिक बिदा परेका कारण सोमबारका लागि सुनुवाइमा राखिएको थियो।

‘हेर्दाहेर्दै’ मा रहँदै आएको सो मुद्दामा सोमबार प्रतिवादीतर्फका कानुन व्यवसायी नआएका कारण सुनुवाइ हुन नसकेको हो। सर्वोच्च अदालतले सो मुद्दा अब शुक्रबार सुनुवाइ हुने गरी ‘हेर्दाहेर्दै’ मा राखेको छ।

संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ। वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।

वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन्।

आईजीपी धिरज प्रताप सिंह तर्फका कानुन व्यवसायी र सरकारी वकिलको बहस सकिएको छ। आईजीपी विवादसँगै लगाउमा राखिएको एआईजी बढुवाविरुद्धको रिटको सुनुवाइ पनि सकिएको छ।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...