News Portal

विश्वराज पोखरेलको मुद्दामा भएन सुनुवाइ

एआईजीविरुद्धको मुद्दाको सुनुवाइ सकियो

हिमालीसंचार संवाददाता
५१६ पटक

काठमाडौँ। धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै रिट निवेदन दायर गरेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको मुद्दामा सोमबार सुनुवाइ भएन।

आइतबारका लागि पेसी तोकिएको सो मुद्दा आइतबार सार्वजनिक बिदा परेका कारण सोमबारका लागि सुनुवाइमा राखिएको थियो।

‘हेर्दाहेर्दै’ मा रहँदै आएको सो मुद्दामा सोमबार प्रतिवादीतर्फका कानुन व्यवसायी नआएका कारण सुनुवाइ हुन नसकेको हो। सर्वोच्च अदालतले सो मुद्दा अब शुक्रबार सुनुवाइ हुने गरी ‘हेर्दाहेर्दै’ मा राखेको छ।

संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ। वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।

वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन्।

आईजीपी धिरज प्रताप सिंह तर्फका कानुन व्यवसायी र सरकारी वकिलको बहस सकिएको छ। आईजीपी विवादसँगै लगाउमा राखिएको एआईजी बढुवाविरुद्धको रिटको सुनुवाइ पनि सकिएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...