News Portal

किरात साम्पाङ राई जुम्लेखाको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: तेजकुमार साम्पाङ चयन

हिमालीसंचार संवाददाता
३४१ पटक

युवा राई/हङकङ – किरात साम्पाङ राई जुम्लेखाको पाँचौ अधिवेशन आज सुप्तुलुङखीम हङकङमा सम्पन्न गरिएको छ। किरात साम्पाङ राई जुम्लेखा हङकङको नया कार्यसमितिका अध्यक्षमा पुन: तेजकुमार साम्पाङ सर्वसम्मत चयन गरिएको हो।

नया कार्यसमितिका अध्यक्षमा तेजकुमार साम्पाङ, उपाध्यक्षमा दिपक केशर राई, उपाध्यक्षमा नाराण प्रसाद राई, सचिवमा मणिराज राई, कोषाध्यक्षमा रविचन्द्र राई र सदस्यहरुमा सुनिल राई, भक्तराज राई लगायत १३ सदस्य मुलकार्य समिति चयन गरिएको निर्वाचन मण्डलका प्रमुख हरीचन्द्र राईले हिमालीसंचारडटकमसंग बताए। अधिवेशनमा निर्वाचन मण्डका प्रमुखमा हरिचन्द्र राई, सदस्य धिरज साम्पाङ र शशी मदन राईले नया कार्यसमितिलाई पूर्णता दिएका थिए।

आयोजित कार्यक्रममा किरात राई यायोक्खा हङकङका अध्यक्ष चन्द्रिका राईको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो। त्यस्तै, हङकङमा गठीत अन्य भाषिक जातिय संघसंस्थाहरु किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष कल्पना चाम्लिङ, दुमी किरात राई फन्सिकिमका अध्यक्ष कमल दुमी, किरात राई पुमा तुम्खाबाङखालाका अध्यक्ष पेङ पुमा, किरात राई बान्तावा खिमका अध्यक्ष दुर्गाकान्त बान्तावा, थुलुङ राई सामाका अध्यक्ष रामली थुलुङ, किरात सोदेल कोयी/कोयु किमका अध्यक्ष प्रकाश कोयी र किरात राई बायुङ सुम्निखिमका अध्यक्ष लोखराज बायुङको उपस्थिति रहेको थियो।

आयोजित कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका अध्यक्ष चन्द्रिका राईले दीप प्रज्जलन गरी कार्यक्रम उद्घाटन गरेसंगै किरात लोकपरिवेशमा आधारित गीत “मट्टीको कसम..” बजाईएको थियो। नया कार्यसमितिलाई प्रमुख अतिथिले बधाई तथा शुभकामना दिएकी थिइन्।

त्यस्तै, इलाम समाज हङकङका अध्यक्ष बसन्तकुमार विपिनले नया कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए। आयोजित कार्यक्रम संस्थाका सचिव मणिराज राईले कार्यक्रम संचालन गरेका थिए।

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...