News Portal

पकुवा खोलाको अप्ठ्यारो भीरमा पाइप तान्दै नगर प्रमुख राई

हिमालीसंचार संवाददाता
३६३ पटक

धरान – धरान उपमहानगरपालिका धरान वडा नं. २० स्थित पकुवा खोलाको अप्ठ्यारो भीर हुदै धरान शहरमा बस्ने जनताका लागि खानेपानी व्यवस्थापनका गर्न नगर प्रमुख हर्कराज राई सर्वसाधरण जनतासंगै अप्ठ्यारो भीरमा श्रमदानमा जुटिरहेका छन्।

नगर प्रमुख हर्कराज राईको आव्हानमा विगत ४ हप्तादेखि सार्वजनिक विदा शनिवारको दिन पनी धरान वडा नं. २० स्थित पकुवा खोलामा धरानका सयौं युवा, सर्वसाधरण र बुढापाका समेत आफ्नो बलपुत्ताले सकेको जनश्रमदानमा सहभागिता जनाउदै युवा जोसजागर लिएर नगर प्रमुख राईको आव्हानमा धराने युवाहरु खानेपानी व्यवस्थापनका लागि जुटिरहेका छन्। 

नगर प्रमुख राईका अनुसार पकुवा खोलाबाट संकलित खानेपानी विशेषत धरान वडा नं. ११ को खानेपानीको अभाव टार्न सदूपयोग गरिने बताउछन्। तर, श्रमदानका लागि वडा नं. ११ मात्रै होइन धरानका प्रायजसो सबै वडाका धराने युवा, सर्वसाधरण श्रमदानका लागि पकुवा खोला पुगेका छन्। 

हिजो शनिवार नगर प्रमुख राई सर्वसाधरणसंगै खानेपानीको पाइप तान्न अप्ठ्यारो भीरमा झुण्डिरहेका थिए। पकुवा खोलामा अहिलेसम्म जनश्रमदान मार्फत खानेपानीको मुहानमा सानो-सानो २ वटा पानी ट्याङ्की निर्माण गरिएको छ । हिजो शनीवार करिब दुई तीन किलोमिटर खानेपानीको पाइप भीरमा टाँगिएको छ । उनी खुशीले मुसुक्क मुस्कुराउदै विकास निर्माणमा जनतासंग जोडिएको बताउछन्। 

नगर प्रमुख राईको यो अभियानमा धरानका जनप्रतिनिधिहरूको अहिलेसम्म उपस्थित छैन्। विभिन्न पार्टीका नेताहरूलाई पनि श्रमदान जस्तो पवित्र कर्ममा बोलाएको तर नआएको उनको भनाइ छ । धरानका विभिन्न वडाका सर्वसाधरणहरु स्वतस्फुर्त श्रमदानमा सहभागी हुदै आएका छन्।

धरानका खानेपानीको अभाव झेलेका जनताले नगर प्रमुख राईलाई आवश्यक श्रमदान गरेर सहयोग गर्दै आइरहेका छन् । श्रमदानमा सहभागिहरुले अरू खानेपानीको स्रोत पनि पहिचान गरेर श्रमदान गर्नुपर्छ । दीर्घकालीन हिसाबले कोशीको खानेपानी धरानमा ल्याउनु पर्ने नगर प्रमुख राईलाई सुझाव दिइरहेका छन् । 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...