News Portal

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

हिमालीसंचार संवाददाता
३१४ पटक

ऐजेन्सी – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको समयमा आबेमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटी स्थित एक अस्पतालमा लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि घातक आक्रमणपछि जापानको सरकारी मिडियाले उनको निधन भएको पुष्टि गरेको छ ।

यसअघि प्रधानमन्त्री फुमियो किशिदाले आबेमाथि भएको आक्रमणलाई ‘घृणित कार्य’ बताएका थिए । आक्रमणकारीको उद्देश्य खुल्न नसकेको तर निर्वाचन अभियानसँग यसको सम्बन्धलाई नकार्न नसकिने उनले बताए ।यसअघि जापानका प्रधानमन्त्री फुमियो किशिदाले आबेको अवस्था चिन्ताजनक रहेको बताएका थिए । किशिदाले भनेका थिए, ‘म हृदयदेखि नै आबेको स्वास्थ्य लाभको कामना गरिरहेको छु । म यस आक्रमणको कडा शब्दमा निन्दा गर्दछु । लोकतन्त्रमा यस्तो हिंसाको कुनै स्थान हुँदैन ।’

राजधानी टोकियोमा भावनात्मक भाषणका क्रममा फुमियो किशिदाले भने, ‘चुनाव चलिरहेको छ । यसलाई लोकतन्त्रको आधारशीला भनिन्छ र यस्तो समयमा यो घटना भएको छ । यो बर्बर र दुर्भावनापूर्ण छ र यसलाई सहन सकिँदैन । हामीले जे जति गर्न सक्छौँ, त्यो गर्नेछौँ र यो हमलाको विरोध गर्नका लागि जति पनि कडा शब्द छन्, म ती प्रयोग गर्न चाहन्छु ।’

 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...