News Portal

धरानको कार्यपालिक बैठक अबरुद्ध हुदा बैठकमै कड्किए नगर प्रमुख राई: याद राख्नुहोस् म धराने जनताको म्यान्डेटअनुसार आएको हुँ!

हिमालीसंचार संवाददाता
३०८ पटक

काठमाडौं – धरान उपमहानगरपालिका धरानको गत बिहीबारको कार्यपालिका बैठकमा बजेटको विषयमा असन्तुष्टि जनाउँदै वडाध्यक्षले टेबुलमाथि कागज फ्याकेपछि नगर प्रमुख हर्कराज राई कड्किए । उप प्रमुख बेघा ज्युलाई पर्याप्त छलफल चलाउनु भएन? भनेर प्रतिप्रश्न गरे।

बैठक अबरुद्ध भएपछि उपप्रमुख बेघामाथि पनि प्रश्न गर्दै ‘तपाईले छलफल चलाउनु भएन? हामीले बजेट कहिले पास गर्ने ? ८० सालको असारमा ? बदनाम भइसकियो अझै कति बदनाम हुने ? कसलाई कति रुप्पे दिने, उपमेयर कोष बनाउने–नबनाउने सबै तपाईंहरूले आजै निर्णय गर्नुहोस् र बजेट पास गर्नतिर लाग्नुहोस् ।’

नगर प्रमुख राईले वडाध्यक्षहरुलाई भने; ‘मैले बजेट बनाउने जिम्मा तपाईंहरूलाई नै दिएको हुँ । मैले कुन कुरामा हस्तक्षेप गरेँ ? यसो गर्नुहोस्, उसो गर्नुहोस् भनेँ ? आफूले गरेको कामलाई स्वीकार्न नसक्ने तपाईंहरूको सोच के हो ? आफैँले जन्माएको छोरोलाई छोरा नभन्ने कोठाबाट बाहिर निस्केपछि ?’ 

धरानमा बजेटको विषयमा अनावश्यक अ न्तुष्ट जनाउदै वडाध्यक्षहरुले बजेट पास गर्न दिएका छैनन् । कुनै न कुनै वडाध्यक्षका कारण बैठक अबरुद्ध हुदा बजेट पास हुन सकेको छैन। धरानबाट स्वतन्त्र चुनाव जितेका नगर प्रमुखलाई दोषी देखाउदै राजनीतिक दलका वडाध्यक्षहरुले कार्यपालिका बैठक अवरुद्ध गरिरहेका छन् । 

गत विहिबार कार्यपालिका बैठकको शुरुमै वडाध्यक्षहरुको हर्कत साम्य पार्दै नगर प्रमुख राईले भने, ‘के–के गर्नुपर्ने हो, आजै गर्नुहोस् । बजेट पास गर्नलाई पार्टीकै मेयर आउनुपर्ने हो ? तपाईंहरूले मलाई स्वतन्त्र भनेर हेपेको ? याद राख्नुहोस् म धराने जनताको म्यान्डेटअनुसार आएको हुँ । हेक्का राख्नुहोस् प्रतिद्वन्द्वी उम्मेदवारको भन्दा पाँच हजार भन्दा बढी मत लिएर आएको छु ।’ त्यो मतको सम्मान गर्ने की नगर्ने? उनी जंगिए। 

नगर प्रमुख राईले थप प्रतिप्रश्न गरे; “बजेट पास नभएर वडा कसरी चलाउनुहुन्छ ? खल्तीको पैसा हाल्नुहुन्छ ? कि डोनेसन माग्नुहुन्छ ? जहिले पनि बैठक सारेको छ, सारेको छ । तपाईंहरू पनि चुनाव जितेर आएको मान्छे हो ।  धराने जनतालाई के जवाफ दिनुहुन्छ ?’ धरानको बजेट निर्माण गर्न वडाध्यक्षहरुलाई नै पूर्ण अधिकार प्रदान गरेका भन्दै नगर प्रमुख पुन: कड्किए, ‘बजेट पास भएन भनेर मेयरलाई दोष थुपारेर आफू पन्छिन पाउँछु भन्ठानेको हो ? बजेट पास भएन भने मेयरले जिम्मा लिन्छ भन्ठानेको ? नगरपालिका मेरो मात्रै ठेक्का हो ? तपाईंलाई जनताले जिताएका होइनन् ? यति गैरजिम्मेवार नबन्नुहोस् । मैले विगत पनि हेरेर आएको छु। धराने जनतालाई के जवाफ दिनुहुन्छ ?’ उनको पुन: प्रश्न थियो। 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...