News Portal

  • तपाईंको साप्ताहिक राशिफल : आज २०७५ साल असोज २७ गते शनिवार, तदअनुसार १३ अक्टोबर २०१८

    हिमाली संचार संवाददाता
    ८५९ पटक

    – ज्यो.प. नारायणप्रसाद दुलाल,

    मेष
    व्यस्त दिनचर्या कायम हुनेछ । कार्य सम्पादनमा समस्या आउला । यात्रामा मालसामान हराउन सक्छ । अपरिचित व्यक्तिसँग छिटो विश्वासमा पर्नाले आर्थिक नोक्सानी हुन सक्छ । साताको मध्यबाट हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि कात्यायनी भगवतीको स्मरण गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

    वृष
    पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । भौतिक साधन जुटाउने समय छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व नवदुर्गाको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    मिथुन
    मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । रमाइलो यात्राको योग रहेको छ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । कसेकसैका लागि विवाहको योग छ भने कसैको नयाँ घर सर्ने योजना पूरा हुनसक्छ । घरमा अतिथीको आगमन हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शैलपुत्री भगवतीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

    कर्कट
    सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । मनमा हर्ष, उल्लास र आनन्दको वातावरण प्राप्त हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । कसैकसैको प्रेमसम्बन्धले विवाहको रूप लिनसक्छ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग हल्का पहेंलो वा आकासे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि चन्द्रघण्टा भगवतीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    सिंह
    सामान हराउने वा चोरी हुने सम्भावना छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय  छ । मध्य सातामा पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु कालरात्री भगवतीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

    कन्या
    प्राय: सबै काम आफ्नै इच्छा एवं निगरानीमा सम्पन्न हुनेछन् । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कुष्माण्डा भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    तुला
    रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । साझेदारी वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ब्रह्मचरणी भगवतीको आरधना गर्नाले अधिक सफलता हात पर्नेछ ।

    वृश्चिक
    अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रमणीय र सुखद यात्राको योग छ । दूरदराजमा रहेका अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नवीन वस्त्र प्राप्तिको योग छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग रातो वा केशरी हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महागौरीको पूजा गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

    धनु
    महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नसक्छ  । यात्राका क्रममा सचेतता अपनाउनु राम्रो हुनेछ । साताको अन्त्यबाट साथीभाइसित भेटघाट गर्ने अवसर जुट्नेछ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि स्कन्दमाता भगवतीको आरधना गरी यात्रा गर्नाले अधिक लाभ मिल्नेछ ।

    मकर
    कतै घुमघाम तथा  धार्मिक यात्रामा जाने अवसर मिल्नसक्छ । साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् । पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसित पनि मेलमिलाप हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग रहेको छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    कुम्भ
    पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । धार्मिक मठ–मन्दिरको भ्रमण हुनेछ । भोज तथा मनोरञ्जनको निम्तो हात लाग्न सक्छ । मध्य सातामा गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत र प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सेतो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानुपूर्व अघि महालक्ष्मीजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    मीन
    हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सां आफूभित्रको क्षमता प्रयोग गरे उचित स्थान प्राप्त गर्न सकिएला । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सुन्तलारङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व शिद्धिदात्री भगवतीको दर्शनगरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २१ गतेको राशिफल

    आज मंसिर २१, २०८२ (डिसेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...