धरान – धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले धरान उपमहानगरपालिका धरानका नगर प्रमुखको लागि खरिद गरिएको सुविधा सम्पन्न स्कोर्पियो गाडी बेचेर सडक रोलर किन्ने प्रस्ताव गरेका छन्।
धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राईले नगर प्रमुखका लागि भनेर धरान उपमहानगरपालिका धरानले यसअघि खरिद गरेको स्कोर्पियो गाडी बेचेर सडकका खाल्टा टाल्न सडक रोलर किन्न लागिएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन्। यस अधि धरान उपमहानगरले नगर प्रमुख चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढेका छैन्।
नगर प्रमुख राईले “गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर सर्वसम्मत अनुमोदन गरेको छ । नगर बैठकले आफ्नो प्रस्ताव अनुमोदन गरेपछि उनले फेसबुकमा लेखेका छन्, “मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो ! आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ ! जय धरान!”