News Portal

अझै तुइनको भरमा अडिएको जीन्दगी

हिमालीसंचार संवाददाता
३०२ पटक

काठमाडौं – दार्चुलाको व्याँस गाउँपालिका-२ दम्लिङस्थित गोठालघाटबाट तुइनमा झुन्डिएर महाकाली नदी पार गर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको अवस्था खुल्न सकेको छैन। उनी भारत गर्वाधारबाट तुइनमा सामान लिएर व्याँस (२ स्थित घरतर्फ आउने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । यो घटना बुधबारको हो।

बेपत्ता बुढाथोकीको खोजी कार्य जारी छ। पुल नहुँदा दार्चुलाको उत्तरी क्षेत्रका बासिन्दा जोखिम मोलेर तुइनको भरमा महाकाली वारपार गर्छन्। महाकाली नदी वारपार गर्ने क्रममा तुइनबाट खसेर वा तुइन चुडिएर ज्यान गुमाउने र बेपत्ता हुने क्रम रोक्न पुल बनाउनुपर्छ ।

अघिल्लो वर्षको साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा खसेर व्याँस-२मालका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीका अनुसार भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले तुइनको डोरी काटिदिएपछि धामी नदीमा खसेर बेपत्ता भएका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार तुइनबाट महाकाली वारपार गर्ने क्रममा १५ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांक २०७२ असारयताको हो। यस्तै दर्जनभन्दा बढी मानिस बेपत्ता भएका छन् । व्याँस क्षेत्रका बासिन्दाका अनुसार २०५० सालयता तुइनबाट महाकालीमा खसेर २६ जनाको ज्यान गएको छ। तर आधिकारिक निकायबाट स्थानीय बासिन्दाको दाबी पुष्टि हुन सकेको छैन। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...