News Portal

  • बेलायती प्रधानमन्त्री जोनसनले दिए राजीनामा

    हिमालीसंचार संवाददाता
    २२७ पटक

    विवादमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन्। केहीबेरअघि उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

    आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जनाभन्दा बढीले राजीनामा दिएपछि जोनसनको बहिर्गमन अवश्यभावी भएको थियो। सुरूमा अन्तिमसम्म लड्ने बताएका जोनसनलाई उनकै विश्वासपात्रहरूले राजीनामा दिने सुझाएका थिए।

    जोनसनको राजीनामासँगै अब बेलायतमा सत्तारूढ कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्ने प्रक्रिया सुरू हुनेछ। सन् २०१९ मा भएको संसदीय चुनावमा कन्जरभेटिभ पार्टीले तल्लो सदन हाउस अफ कमन्समा बहुमत ल्याएको थियो। ६५० सिटमध्ये ३६५ सिट कन्जरभेटिभ पार्टीले जितेकाले उसले एक्लै बहुमतको सरकार बनाउन सक्छ।

    कन्जरभेटिभ पार्टीको नेता छान्न समय लाग्ने भएकाले त्यतिन्जेलसम्मका लागि जोनसन नै प्रधानमन्त्री हुने भएका हुन्। बुधबारसम्म बेलायती अर्थमन्त्री ऋषि सुनाकसहित विभिन्न मन्त्रीहरू र मन्त्रालयमा विभिन्न जिम्मेवारी सम्हालेका ४० जना बढी सांसदले राजीनामा दिएका थिए।   

    जोनसनले देशलाई शासन गर्न सक्छन् भन्ने विश्वास नभएकाले राजीनामा दिएको उनीहरूले बताएका छन्। पछिल्लो समय जोनसनले एक जना विवादित सांसदलाई महत्वपूर्ण नियुक्ति दिएपछि उनको मन्त्रिपरिषदमा मतभेद चुलिएको हो।

    त्यसअघि पनि जोनसन बेला बेलामा विवादमा आइरहेका थिए। कोरोनाभाइरसको महामारी सुरू भएपछि देशलाई लकडाउनमा राखेर आफूले भने प्रधानमन्त्री निवासमा भोज गरेको सार्वजनिक भएको थियो। उक्त विषयले बेलायती राजनीतिमा तरंग ल्याएको थियो र छानबिन पनि भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...

    रौतहटमा सुटकेसभित्र महिलाको शव

    हेटौँडा, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ अन्तर्गत सिर्सिया सडकखण्डको मुडवालवा मोडमा शनिबार राति एक...

    आज २०८२ साल भदौ ८ गतेको राशिफल

    आज भदौ ८, २०८२ (अगस्त २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...