काठमाडौं – नेपाल आयल निगमले इन्धनको मुल्य बृद्धि गरेसंगै आन्तरिक हवाई भाडा बढेको छ । यसअघि नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाए अनुसार फ्युल सरचार्ज बढेको हो । यसले उडानको अधिकतम भाडा बढ्न गएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि नै लागू हुनेगरी फ्यूल सरचार्ज अनुमोदन गरी पठाएको छ ।
हवाई इन्धनको मूल्य घटबढ भएअनुसार अटोमेटिक नयाँ फ्यूल सरचार्ज तय हुँदा हवाई भाडाको अधिकतम शुल्क पनि सामान्य घटबढ हुने गर्छ । नयाँ फयूल सरचार्जअनुसार काठमाडौं धनगढीको भाडादर सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ ।
काठमाडौं सिमरा उडानमा सबैभन्दा कम ४५ रुपैयाँ बढेको छ । बढेको फ्युल सरचार्जअनुसार वायुसेवा कम्पनीहरुले अधिकतम भाडा लिन पाउने छन् । हवाई भाडाको सूची यस्तो छ :