News Portal

चीनका राष्ट्रपति सी जिनपिङलाई भेटेका हङकङका सभासदलाई कोरोना पुष्टि

हिमालीसंचार संवाददाता
२४४ पटक

ऐजेन्सी – चिनियाँ राष्ट्रपति सी जिनपिङको हककङ भ्रमणका क्रममा उनीसँग भेटेका एक जना सभासद कोरोना संक्रमित भएका छन् ।  हङकङको सबैभन्दा ठूलो बेइजिङ–पक्षधर पार्टी ‘डेमोक्रेटिक एलाइन्स फर द बेटरमेन्ट अफ प्रोग्रेस इन हङकङ(डीएबी)’का नेता स्टीभन होलाई जुलाई २ मा कोरोना पाइएको थियो ।

होले आइतबार उनको फेसबुक पेजमा आफू संक्रमित भएपछि एकान्तवासमा बसेको जानकारी दिएका छन् । ​होले जुन ३० मा सीलाई भेट्नुअघि गरिएको परीक्षणमा भने नतिजा नेगेटिभ रहेको पनि बताएका छन् । 

स्थानीय टेलिभिजन आरटीएचकेले उनी र सीको सँगैको तस्विर बसेको फोटो सार्वजनिक गरेको छ । सी हङकङ बेलायतको शासनबाट चीनको शासनमा आएको २५ औं वार्षिकोत्सव कार्यक्रममा भाग लिन सहर गएका थिए । 

राष्ट्रपति सीकै भ्रमणको समयमा सहरका नयाँ प्रशासक जोन लीको पनि सपथ ग्रहण गराइएको थियो । हङकङ भ्रमण कोरोना महामारी सुरु भएपछिको सीको मुलभूमि चीन बाहिरको पहिलो भ्रमण थियो ।  

राष्ट्रपति सीको भ्रमणअघि हङकङका अधिकारीले सहरमा कोरोना परीक्षण तथा क्वारेन्टाइनको व्यवस्थालाई कडाइ गरेका थिए । सीले यसअघि पछिल्लो पटक सन् २०१७ मा हङकङको भ्रमण गरेका थिए । त्यस समय नवनिर्वाचित प्रशासक क्यारी ल्यामको शपथ ग्रहण समारोहमा सहभागी हुन गएका थिए । अल–जजिरा

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...