News Portal

धरानका नगर प्रमुख हर्कराज राईको अभियानमा केन्द्र मोशन पिक्चर्सको सहयोग

हिमालीसंचार संवाददाता
२६५ पटक

धरान – धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राई निर्वाचित भएपछि धरानमा स्वच्छ खानेपानी र सफा धरान अभियानलाई तिव्रता दिइरहेको समयमा केन्द्र मोशन पिक्चर्सले नगर प्रमुखको अभियानका लागि सहयोग गरेका छन् । 

पछिल्लो समय धरानको विकासका लागि सामाजिक अभियन्ता, समाजसेवी लगायद व्यवसायीहरुले नगर प्रमुखको अभियानमा सबै क्षेत्रबाट विभिन्न सहयोग प्राप्त भइरहेको बताउदै नगर प्रमुख राईले सम्पूर्ण सहयोगी महानुभावहरुलाई धन्याबाद सहित यो अभियानमा जोडिन अपील गरेका छन् । 

धरान उपमहानगरपालिका धरानका जनतालाई स्वच्छ खानेपानी सुविधा प्रदान गर्न, धरान उपमहानगरपालिका धरानको स्वच्छ वातावरण, सुन्दर र नमूना शहरको रुपमा रुपान्तरण गर्ने नगर प्रमुखको योजना रहेको छ। नगर प्रमुखको यहि अभियान सफल पार्न नेपालका चर्चित म्युजिक कम्पनी केन्द्र मोशन पिक्चर्सले सहयोग गरेका हुन् । 

धरानको खानेपानी व्यवस्थापन बोर्डमा आयोजित एक कार्यक्रमबीच केन्द्र मोशन पिक्चर्सका सिइओ अर्विन पोमो, कार्यक्रम संयोजक, गीतकार मीना सिंगक, मिस्टर धरान दिनेश सिंगक लगायतको उपस्थितिमा केन्द्र मोशन पिक्चर्सका संचालक व्यवसायी केन्द्र लिम्बुले २ लाख ८५ हजार बराबरको १ सय मिटर पाइप लाइन र १५ वटा डस्टविन नगर प्रमुख राईलाई हस्तान्तरण गरिएको छ। तस्वीर: विश्व लिम्बू

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...