News Portal

रामेछापको लुभुघाटमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो ८ जनाको सनाखत

हिमालीसंचार संवाददाता
६३१ पटक

पुष्कर खड्का – रामेछापको सुनापाती गाउँपालिका लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । सुनापति गाउँपालिका बेथानबाट काठमाडौ जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस अाज बिहान लुभुघाटमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको र उपचारका लागि लैजाँदै गर्दा बाटैमा २ जना र १ जनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनु भयो।

उहाँले दिएको जानकारी अनुसार अस्पतालमा मृत्यु भएका ३ जना र घटनास्थलमै मृत्यु भएका १ जनाको सनाखत हुन सकेको छैन । मृत्यु भएकामध्ये ८ जनाको सनाखत भएको छ।दुर्घटनामा परी सुनापाती गाउँपालिका-५ की ६० वर्षीया तमरिता तामाङ, सोही ठाउँकी २२ वर्षकी विपना तामाङ, ३६ वर्षकी सञ्जु आलेमगर र ६० वर्षका खड्ग विक सुनापाती-४ की ६० वर्षकी सन्दीपा तामाङ, काभ्रे मण्डनदेउपुर-९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर, रोशी गाउँपालिका-४ का वर्ष नखुलेका कमल तामाङ र सुदीप गजमेरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा २६ भन्दा बढी घाइते भएका छन्। थप विवरण अाउन बाकी रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...