News Portal

फेरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

हिमालीसंचार संवाददाता
४२१ पटक

काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती १२:०० बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ वृद्धि गरेको छ । भने डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य बढाएको छ ।

त्यस्तै, निगमले हवाई इन्धनको पनि मूल्य बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको हो ।पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट असार १७ गते प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नु परेको निगमको भनाई छ ।

त्यस्तै, अझै निगमलाई घाटा नै रहेको र अन्तर्राष्ट्रिय बजार मूल्य वृद्धि भएका कारण निगमले आगामी जुलाई ८ भित्र ३० अर्ब रुपैयाँ तिर्न पर्ने भएको समेत उल्लेख गरेको छ । उक्त बाकी भुक्तानी रकम निगमले तिर्न नसक्ने अबस्था भएकाले इन्धनको मूल्य बढाउनु परेको निगमको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...