News Portal

फेरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

हिमालीसंचार संवाददाता
३६२ पटक

काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती १२:०० बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ वृद्धि गरेको छ । भने डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य बढाएको छ ।

त्यस्तै, निगमले हवाई इन्धनको पनि मूल्य बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको हो ।पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट असार १७ गते प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नु परेको निगमको भनाई छ ।

त्यस्तै, अझै निगमलाई घाटा नै रहेको र अन्तर्राष्ट्रिय बजार मूल्य वृद्धि भएका कारण निगमले आगामी जुलाई ८ भित्र ३० अर्ब रुपैयाँ तिर्न पर्ने भएको समेत उल्लेख गरेको छ । उक्त बाकी भुक्तानी रकम निगमले तिर्न नसक्ने अबस्था भएकाले इन्धनको मूल्य बढाउनु परेको निगमको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...