आज : २०२६-०६-०९, मङ्गलबार

मोरङको रंगेली नगर क्लवमा नितेश सर्वसम्मत चयन

रबिन्द्र बराल/मोरङ  – मोरङको रंगेली नगरपालिका वडा नं. ७ स्थित २०७० सालमा स्थापना भएको रंगेली नगर  युवा क्लबको अध्यक्षमा नितेश साह चयन भएका  छन ।

बैदेशीक रोजगारीका क्रममा साता दिन भित्र जापना जाने तय भएपछि रंगेलीका पुर्वअध्यक्ष निरजकुमार साहले रंगेली नगर युवा क्लबबाट राजिनामा दिएका छन । 

क्लबमा आगामी दिनहरुमा आफू नहुदा काम गर्ने युवाहरुलाई अप्ठ्यारो नहोस् भन्दै आफुले स्वतह पदबाट राजिनामा दिएको निरजले हिमालीसंचारडटकमसंग बताए ।  संस्थाका उपाध्यक्ष आकाश मंण्डल समेत बैदेशिक रोजगारीमा जाने निश्चित भएपछि उसले पनि उपाध्यक्षको  पदबाट राजिनामा दिएका छन्   

आयोजित कार्यक्रम आयोजना गर्दे उनीहरुलाई क्लबका सचिव, कोषाध्यक्ष, बुद्धिजीवी मचिन्द्र कटुवाल र स्थानीय अबिषेक अधिकारी लगायतको टिमले फुलमाला सहित बिदाई गरेका छन । सोहि कार्यक्रम रंगेली नगर क्लबको अध्यक्ष पदमा नितेश साहलाई जिम्मेवारी सुम्पिएका छन ।  उपअध्यक्षमा अनिल साह र रमेश कुमार साहलाई जिम्मेवारी दिएको पुर्वअध्यक्ष निरज साहले बताए ।