News Portal

हामी नेपालको टोलीले स्वास्थ्यमन्त्री खापुङसंग भेटघाट,घोपाको बेथिति र सुधारका लागि सहयोग गर्न आग्रह

हिमालीसंचार संवाददाता
२६० पटक

धरान – सुनसरी जिल्लाको धरान उपमहानगरपालिका धरान स्थित हामी नेपालको नेतृत्वमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान डेन्टल भवन गेट अगाडी दैनिक शान्तिपूर्ण धर्ना दिइरहेका हामी नेपालले स्वास्थ्यमन्त्री भवानी खापुङसंग भेटघाट गरी धरान घोपा क्याम्पको बेथितिको जानकारी गराएका छन्।

आइतबार स्वास्थ्यमन्त्री भवानी खापुङसंग भेटघाट गरी घोपा क्याम्पको बेथिति र अत्यावश्यक स्वास्थ्य सामाग्री उपकरण लगायदका सामाग्री अभाव रहेकाले पुर्वाञ्चलका विशेष गरी धरानका जनताले झेल्नु परेको कष्टको विषयमा स्वास्थ्यमन्त्री खापुङलाई जानकारी गराएका छन् ।

स्वास्थ्यमन्त्री खापुङले घोपा क्याम्पका अत्यवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न सहयोग र समर्थन गर्ने बचन दिएका छन् । हामी नेपालका अभियान्ताले धरानको घोपा क्याम्पमा शान्तिपूर्ण आन्दोलनका उपलब्धि र सुधार भएका योजनाबारे लिखित रुपमा स्वास्थ्यमन्त्री खापुङलाई प्रतिबेदन समेत बुझाएका छन्।

स्वास्थ्यमन्त्री खापुङले उक्त विषय स्वास्थ्यसंग सम्बन्धित महत्वपूर्ण विषय भएकाले मन्त्रालय, प्रधानमन्त्री र सदनसम्म अस्पताल सुधारका लागि पहल गर्ने प्रतिबद्धता सहित बचनबद्धता दिएको हामी नेपालले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...