News Portal

मोबाइल लघुलेख “सोच” : सरणकुमार राई

हिमालीसंचार संवाददाता
३१९ पटक

संगत, शिक्षा र वातावरण परिवेश कस्तो पाइन्छ, त्यसै अनुसार ‘सोच’ बन्छ ।  आज हाम्रो सोच कस्तो बन्दै छ? त्यसैमा भविष्यको समाज सामाजिक सद्भाव विकास अवस्थित रहन्छ ।

जसरी हिजो सोचिन्थ्यो आज त्यस प्रकारको सोच छैन। आज सोच प्रभावित पार्ने अवयवहरू पनि हिजोको जस्तो छैन ।

आज सबैजनालाई प्रविधिले के चाहिँ दिएको छैन, सोधेको कुन प्रश्नको उत्तर दिएको छैन?

हिजो जसरी जीवन यापन आज सम्भव नभएकैले ज्ञानको अर्को ध्रुव खोज्नु पर्ने भएको हो ।

आज बलियाको पछि नलागे बाँच्नै नसक्ने स्थितिको सृजना गर्न सत्तासिन शक्तिसालीहरूको प्रयत्न निकै कामयाव भएकाले सर्वसाधारण र मुलुक कमजोर निरीह बन्न सक्ने अवस्था छ । 

ठुलाहरूका जयजयकार गरे जे पनि पाउन सकिन्छ भन्ने निकृष्ट सोच हरेक सकारात्मक क्रियाशील सोच विकासमा बाधक भएको छ । भोट बैंकमा जनतालाई परिणत गर्ने निकृष्ट सोचले राष्ट्रिय सम्पत्ति दुरुपयोग हुन थाल्दा आवश्यक पुर्वाधार विकास ओझेलमा पर्नु कदापि दिर्घकालिन सन्तोषको विषय होइन ।

असललाई खराब र कमसल सोचले विस्थापन गर्ने कमसल काम कमसलहरूले गर्ने नै भए । असल राजनीति, असल आचरण, असल शिक्षा, व्यवहार र असल सिध्दान्तप्रति नव युवाहरू आक्रषित हुनेछन् र असल सोचको प्रार्दुभावसँग आजको तथाकथित कमसल सोच बोक्नेहरु सदाका लागि समाप्त हुनेछन्   

नयाँ सोच, नयाँ बिहानी सबैको साझा प्यारो नयाँ उज्यालो, नयाँ समाज र नयाँ जी व न ….
सुनौलो संसार…
आजको नयाँ सोच…

सरणकुमार राई
धरान-१९, धनकुटे रोड, सुनसरी

प्रतिकृया दिनुहोस्

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...