News Portal

मोबाइल लघुलेख “सोच” : सरणकुमार राई

हिमालीसंचार संवाददाता
३६३ पटक

संगत, शिक्षा र वातावरण परिवेश कस्तो पाइन्छ, त्यसै अनुसार ‘सोच’ बन्छ ।  आज हाम्रो सोच कस्तो बन्दै छ? त्यसैमा भविष्यको समाज सामाजिक सद्भाव विकास अवस्थित रहन्छ ।

जसरी हिजो सोचिन्थ्यो आज त्यस प्रकारको सोच छैन। आज सोच प्रभावित पार्ने अवयवहरू पनि हिजोको जस्तो छैन ।

आज सबैजनालाई प्रविधिले के चाहिँ दिएको छैन, सोधेको कुन प्रश्नको उत्तर दिएको छैन?

हिजो जसरी जीवन यापन आज सम्भव नभएकैले ज्ञानको अर्को ध्रुव खोज्नु पर्ने भएको हो ।

आज बलियाको पछि नलागे बाँच्नै नसक्ने स्थितिको सृजना गर्न सत्तासिन शक्तिसालीहरूको प्रयत्न निकै कामयाव भएकाले सर्वसाधारण र मुलुक कमजोर निरीह बन्न सक्ने अवस्था छ । 

ठुलाहरूका जयजयकार गरे जे पनि पाउन सकिन्छ भन्ने निकृष्ट सोच हरेक सकारात्मक क्रियाशील सोच विकासमा बाधक भएको छ । भोट बैंकमा जनतालाई परिणत गर्ने निकृष्ट सोचले राष्ट्रिय सम्पत्ति दुरुपयोग हुन थाल्दा आवश्यक पुर्वाधार विकास ओझेलमा पर्नु कदापि दिर्घकालिन सन्तोषको विषय होइन ।

असललाई खराब र कमसल सोचले विस्थापन गर्ने कमसल काम कमसलहरूले गर्ने नै भए । असल राजनीति, असल आचरण, असल शिक्षा, व्यवहार र असल सिध्दान्तप्रति नव युवाहरू आक्रषित हुनेछन् र असल सोचको प्रार्दुभावसँग आजको तथाकथित कमसल सोच बोक्नेहरु सदाका लागि समाप्त हुनेछन्   

नयाँ सोच, नयाँ बिहानी सबैको साझा प्यारो नयाँ उज्यालो, नयाँ समाज र नयाँ जी व न ….
सुनौलो संसार…
आजको नयाँ सोच…

सरणकुमार राई
धरान-१९, धनकुटे रोड, सुनसरी

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...