News Portal

सडकमा मकै बेच्ने दम्मतीलाई कारवाही गर्न प्रहरीमा महानगरको निवेदन

हिमालीसंचार संवाददाता
४०१ पटक

काठमाडौं – काठमाडौं महानगरपालिका काठमाडौंले महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पतीमाथि कारवाही गर्न नेपाल प्रहरीमा महानगरले आइतबार निवेदन दिएको छ ।

गत शुक्रबार फुटपाथ अतिक्रमण गरेको भन्दै नगरप्रहरीले कारवाही गर्दा प्रतिवाद गरेका दम्पतीलाई थप कारवाही गर्न महानगरी प्रहरी वृत्त महाराजगञ्जलाई पत्र लेखेको महानगरपालिकाले जनाएको छ ।

फुटपातमा मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियोपछि सामाजिक सञ्जालमा महानगरपालिका विरुद्ध आलोचना भएको छ । कतिपयले महानगरको कदमको स्वागत पनि गरेका छन् ।

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा आचार्य दम्पतीले प्रहरीमाथि गरेको दुव्र्यवहारलाई वयान गर्दै सञ्चारमाध्यममा दिएका अभिव्यक्ति नै उद्धरण गरेर पत्र लेख्दै प्रहरीलाई कारवाही अघि बढाउन अनुरोध गरिएको बताए ।

प्रहरीलाई अगुल्टोले हानेको, चिम्टाले घोचेको लगायतका कुरा उहाँहरुले नै मिडियामा भन्नुभएको छ,’ उनले भने,’त्यही कुरा लेखेर आवश्यक कारवाही गर्न निवेदन दिएका छौं, एउटा राष्ट्र सेवकले यस्तो अवस्थामा सकडमा गएर कसरी काम गर्नसक्छ ?’ उनको भनाई छ।

चेतेन्द्र र सीता दम्पतीले भने नगर प्रहरीले घुस मागेको आरोप लगाएका छन् । घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पतीले  विभिन्न संचार माध्यम मार्फत स्वीकार गरेका छन् । प्रहरीले उनीहरुलाई पक्राउ गरेर अभद्र व्यवहार वा अन्य फौजदारी अभियोगको मुद्दा चलाउन सक्ने देखिएको छ ।

फुटपाथमा बेच्नेहरुमाथि दैनिक कारवाही गरिरहेको भन्दै सपकोटाले यस्तो कारबाही निरन्तर भइरहने पनि बताए । ‘हाम्रो जिम्मेवारी नै सहरी सुव्यवस्था कायम गर्ने हो। हामी निरन्तर बजारमा फुटपाथ अतिक्रमण हटाउन काम गर्छौं’ उनले भने,’नियममा जे छ, हामीले त्यसलाई कार्यान्वयन गराउने हो ।’ नगर प्रहरीका सब इन्स्पेक्टर -सई) राजन श्रेष्ठमाथि दम्पतीले ५ हजार रुपैयाँ घुस मागेको भनेर लगाएको आरोपबारे भने महानगरपालिका भने नरम छ ।

त्यस्तै, उपत्यकको सडक नै जाम गरेर सडकमा फलफुल तथा विभिन्न व्यापार गर्ने व्यापारीहरुले फुटपाथदेखि सडक अबरुद्ध गरी दुर्धटना हुने उच्च जोखिम बढाई रहेको विषयमा समेत सामाजिक संजालमा व्यापक विरोध भइरहेको छ। यसको व्यपस्थापन सम्बन्धित महानगरले व्यावस्था गर्नु पर्ने जनआवाज उठेका छन् ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...