News Portal

नेपाल अधिराज्यभरका सबै जिल्लाबाट अब १५ दिनभित्र राहदानी पाइन्छ : विभाग

“साधारण राहदानी लिन जिल्लाबाट ५ हजार, काठमाडौंबाट १२ दस्तुर शुल्क लाग्छ”

हिमालीसंचार संवाददाता
५१० पटक

काठमाडौं – नेपाल सरकार राहदानी विभागले काठमाडौं उपत्यकाका जिल्लाहरू सहित काभ्रेमा एक साता तथा अधिराज्यभरका सबै जिल्लाहरूबाट १५ दिनभित्र सेवाग्राहीले राहदानी उपलब्ध गर्न सक्ने राहदानी विभागले जनाएको छ।

विभागले आइतबार सूचना जारी गर्दै सेवाग्राहीहरूलाई आफ्नो जिल्लाबाट सहज रुपमा राहदानी लिनको लागि प्रोत्साहन अनुरुप सेवा प्रवाह गरेको हो। कुनै पनी नेपाली नागरिकले आफ्नो जिल्लाबाट साधारण राहदानी लिँदा ५ हजार रुपैयाँ लाग्छ भने काठमाडौं आएर राहदानी विभागबाट सोही साधारण राहदानी लिनको लागि १२ हजार तिर्नुपर्ने हुन्छ।

आफ्नो ‘जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरु विभागले प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेकोले काठमाडौं उपत्यका भित्रका जिल्ला र काभ्रेमा आवेदन गर्ने सेवाग्राहीले एक साताभित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिनभित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘यसर्थ, अत्यन्त जरुरी परेका सेवाग्राहीहरूको राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनुहुन सेवाग्राहीमा अनुरोध छ।’

राहदानी सेवालाई छिटो, छरितो र सरल तुल्याउन विभाग सधैँ क्रियाशील हुने पनि उक्त विज्ञप्तिमा बताइएको छ। ‘सुरुमा २–३ महिनासम्म लाग्ने सेवा प्रवाहको समय घटाएर हाल एक घन्टाभित्रै सेवा प्राप्त गर्न सक्ने प्रबन्ध मिलाइसकिएको छ,’ जारी सूचनामा भनिएको छ।

विभागले सेवाग्राहीहरुको सहजताको लागि प्रत्येक दिन २४ सय जनाले अनलाइन फाराम भर्नसक्ने र फाराम भरिसकेपछि तुरुन्त १ देखि ४ दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने र आदेवन गरेपछि दुई कार्यदिनमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

विभागले आफ्नो क्षमता अभिवृद्धि गर्ने, सबै जिल्ला प्रशासन कार्यालयहरू र १७ वटा इलाका प्रशासन कार्यालयहरूबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाएको समेत उल्लेख गरेको छ। 

विभागले विद्युतीय राहदानी प्रणालीमा समय सापेक्ष अद्यावधिक गर्नुका साथै अनलाइन प्रणालीको निरन्तर सुधार गरेको जनाएको छ। विभागले अब अनलाइन फारम भर्दा ‘डमी आवेदन’ मा अर्थात् मिति लिएर नक्कली नाम हालेर फारम रोकेर राख्ने बाटोको अन्त्य गरेको छ।

विभाग उच्चस्रोतका अनुसार विभागको कार्यालय रहेको स्थान त्रिपुरेश्वर वरपरका साइबरहरुले डमी डेटा प्रयोग गरी ६५ सय फारम रोकेर राखेका थिए। सुधार गरिएको प्रणालीमा भने डमी आवेदन राख्न पाइँदैन। आवेदनको लागि फारम भरेपछि अहिले नै टुंग्याउनु पर्ने हुन्छ, त्यसलाई पछि गएर पुन: सम्पादन गरेर अर्कै व्यक्तिको नाम राखेर भर्न मिल्दैन।

विभागले हाल दैनिक रुपमा २४ सयले आवेदन दिने संख्या रहेको, राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य अत्यवश्यक जरुपी कार्यको लागि गरी दैनिक ५ हजार भन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ। विभागले दैनिक रुपमा ६५ सय राहदानी उत्पादन गरी वितरण गरिरहेको पनि जनाएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...