News Portal

  • युएई दुबइका अधिराजकुमार जुमा अल मकतुमले झापामा १० अर्ब लगानी गर्ने

    हिमालीसंचार संवाददाता
    ५५८ पटक

    अविन माबो/झापा – बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको निमन्त्रणामा दुबइका अधिराजकुमार जुमा अल मकतुमले झापाको जलथल जंगल, किच्कबध र कचनकवलको होचो भूभाग र हल्दिबारीको भेलागडी सिमसारमा पर्यटन विकासको लागि लगानी गर्ने भएका छन् ।

    केही समय अगाडि दुबईका अधिराजकुमार मकतुमले झापा लगायत नेपालका विभिन्न ठाउँको अवलोकन भ्रमण गरी स्वदेश फर्किए लगतै युएई दूतावासको टोली आज झापा आइपुगेका छन् ।

    युएई दूतावासको टोलीले झापा क्षेत्र नम्बर ३ को किच्कबध, कचनकवल र जलथल जंगल साथै भेलागडी सिमसारको अनुगमन गर्ने कार्यतालिका नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेका बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक प्रसाईले जानकारी दिए ।

    आगामी ५ वर्षभित्रमा १० अर्ब लगानी गर्ने गरी काम अगाडि बढेको प्रसाई‌ले बताए । जलथल जंगललाई खुल्ला चिडियाखानाको रूपमा विकास गरी पर्यटन हबको विकास गर्ने गरी गुरुयोजना तयार गर्ने काम सुरु भएको उनको भनाइ छ ।  

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...