News Portal

मोरङको रंगेलीमा आगोलागी हुदा एक महिलाको मृत्यु, मृतकको श्रीमान प्रहरी अनुसन्धानमा

हिमालीसंचार संवाददाता
१०७८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. १ स्थित  बिर्ता बजारमा रहेको तिल्का मल्लिकको घरमा आगलागी हुदा एक महिलाको मृत्यु भएको छ । अग्नी पिडीत तिल्का मल्लको ३० वर्षीया श्रीमति बबिता मण्डलको आगालागी हुदा मृत्यु भएको रंगेली प्रहरीले जनाएको छ ।

गएराती करिब १० बजे उक्त घरमा आगलागी भएको थियो । श्रीमतिलाई घरभित्र थुनेर आगो लगाएको आशंकामा प्रहरीले २३ वर्षीय तिल्का मल्लिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनकै श्रीमानले घरमा थुनेर आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ। 

प्रहरीले तिल्कालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरिरहेको इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक शैलेश न्यौपानेले हिामलीसंचारडटकमसंग बताए। गम्भीर घाइते भएकी मण्डलको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पताल विराटनगरमा शनिवार बिहान करिब ६:०० बजे मृत्यु प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बबिताको शरीरका अधिकांश भाग आगोले जलेको थियो।श्रीमानश्रीमतीबीच आन्तरिक विवादका कारण घटना भएको हुनसक्ने देखिएको प्रहरीको आशंका रहेको थियो । दाजु जगदीश मल्लिकको मृत्यु भएपछि तिल्काले ५ वर्षअघि बबितालाई विवाह गरेका थिए। दाजु जगदीशको ७ वर्षअघि मृत्यु भएको थियो । विवाह भए पनि उनीहरू सन्तान बिहिन थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...