News Portal

पाँचथरमा पहिरोले घर पुरिदा एक जनाकाे मृत्यु, दुई बेपत्ता

हिमालीसंचार संवाददाता
३३६ पटक

जितेन्द्र भण्डारी
पाँचथर। पाँचथरकाे फालेलुङ गाउँपालिका- ७ बिहिदिनमा शुक्रबार राति आएको पहिरोले घर र गोठ पुर्दा एकै परिवारका एक जनाको मृत्यु भएको छ।

साेही घटनामा दुई जना बेपत्ता भएका हुन्। बेपता मध्ये ४२ वर्षिय रुपलाल मगर पुरिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो।

मगरलाई शनिबार बिहान ८ः१५ बजे फेला पारिएको उहाँले बताउनुभएकाे छ। मृतक मगरकी बुहारी ३८ वर्षीया गोमा मगर र उनको १९ वर्षीय भतिजि एलिसा मगर बेपत्ता भएको उहाँले उहाँले बताउनुभएकाे हाे।

बेपत्ताहरुको उद्धार कार्य जारी रहेको छ। तर बेपत्ताहरु फेला पार्न नसकिएको प्रहरीले बताएको छ। स्थानीय ७१ वर्षिय दल प्रसाद मगरको घर पहिरोले बगाएको हो।

मगरलाई भने तत्काल प्रहरीले सकुशल उद्धार गरेको थियो। बेपत्ताहरुको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...