News Portal

पाँचथरमा पहिरोले घर पुरिदा एक जनाकाे मृत्यु, दुई बेपत्ता

हिमालीसंचार संवाददाता
३८१ पटक

जितेन्द्र भण्डारी
पाँचथर। पाँचथरकाे फालेलुङ गाउँपालिका- ७ बिहिदिनमा शुक्रबार राति आएको पहिरोले घर र गोठ पुर्दा एकै परिवारका एक जनाको मृत्यु भएको छ।

साेही घटनामा दुई जना बेपत्ता भएका हुन्। बेपता मध्ये ४२ वर्षिय रुपलाल मगर पुरिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो।

मगरलाई शनिबार बिहान ८ः१५ बजे फेला पारिएको उहाँले बताउनुभएकाे छ। मृतक मगरकी बुहारी ३८ वर्षीया गोमा मगर र उनको १९ वर्षीय भतिजि एलिसा मगर बेपत्ता भएको उहाँले उहाँले बताउनुभएकाे हाे।

बेपत्ताहरुको उद्धार कार्य जारी रहेको छ। तर बेपत्ताहरु फेला पार्न नसकिएको प्रहरीले बताएको छ। स्थानीय ७१ वर्षिय दल प्रसाद मगरको घर पहिरोले बगाएको हो।

मगरलाई भने तत्काल प्रहरीले सकुशल उद्धार गरेको थियो। बेपत्ताहरुको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...