News Portal

लधुकथा “चुरीफुरी” : सरणकुमार राई

हिमालीसंचार संवाददाता
३६६ पटक

“होइन, के हो ? निक्कै चुरीफुरी देखिन्छ? “छिमेकी सोध्छन्।
“हाम्रो पार्टीले चुनाव जित्यो नि!” झर्न्डै झन्डै ठुले र ठुली एकसाथ भन्छन्। केहि समयपछि गाउँपालिकाबाट एउटा सिफारिस लिनुपर्ने हुन्छ।
आफ्नै पार्टीको अध्यक्ष एकै क्षणमा काम भइहाल्छ भन्ने ठुले र ठुलीको विश्वास “भोलि आउनु” भन्ने अध्यक्षको भनाईले धरमर हुन्छ।
फर्किरहेका उनीहरुलाई बाटोमा सक्रिय कार्यकर्ताले भेटेर भन्छन् “तपाईँको काम भोलि हुन्छ तर खर्च लाग्छ। अध्यक्षले खर्च गरेरै चुनाव जितेका हुन् । खर्च उठाउनै पर्यो।”
चुनावको बेला पार्टीले खुवाएको र उनीहरुले खाएको मासुभातको सम्झना ताजा भएर आउँछ। उनीहरुको चुरीफुरी पनि त्यसै दिनदेखि समाप्त हुन्छ।

(पाँचपोखरी बुक स्टोर ०१४२२१७३४ मा पाईन्छ। “नौरंगी” एक सय एक लधुकथामा संग्रहित)

सरणकुमार राई
धरान-१९ धनकुटे रोड, सुनसरी, कोशी नेपाल

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...