News Portal

  • लधुकथा “चुरीफुरी” : सरणकुमार राई

    हिमालीसंचार संवाददाता
    २८६ पटक

    “होइन, के हो ? निक्कै चुरीफुरी देखिन्छ? “छिमेकी सोध्छन्।
    “हाम्रो पार्टीले चुनाव जित्यो नि!” झर्न्डै झन्डै ठुले र ठुली एकसाथ भन्छन्। केहि समयपछि गाउँपालिकाबाट एउटा सिफारिस लिनुपर्ने हुन्छ।
    आफ्नै पार्टीको अध्यक्ष एकै क्षणमा काम भइहाल्छ भन्ने ठुले र ठुलीको विश्वास “भोलि आउनु” भन्ने अध्यक्षको भनाईले धरमर हुन्छ।
    फर्किरहेका उनीहरुलाई बाटोमा सक्रिय कार्यकर्ताले भेटेर भन्छन् “तपाईँको काम भोलि हुन्छ तर खर्च लाग्छ। अध्यक्षले खर्च गरेरै चुनाव जितेका हुन् । खर्च उठाउनै पर्यो।”
    चुनावको बेला पार्टीले खुवाएको र उनीहरुले खाएको मासुभातको सम्झना ताजा भएर आउँछ। उनीहरुको चुरीफुरी पनि त्यसै दिनदेखि समाप्त हुन्छ।

    (पाँचपोखरी बुक स्टोर ०१४२२१७३४ मा पाईन्छ। “नौरंगी” एक सय एक लधुकथामा संग्रहित)

    सरणकुमार राई
    धरान-१९ धनकुटे रोड, सुनसरी, कोशी नेपाल

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २४ गतेको राशिफल

    आज असोज २४, २०८२ (अक्टोबर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीले गृहमन्त्रीलाई चेतावनी, पासपोर्ट रोक्का र पक्राउ प्रयास अस्विकार

    काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका...

    एमाले नेता बस्नेतको चुनौतीः जेनजी आन्दोलनका घटनाबारे कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध

    काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले...

    चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

    चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय...

    माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

    काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच...