News Portal

काठमाडौं स्थित बालुवाटारमा बेच्न राखिएको मकै र गाडा नगर प्रहरीले उठाएपछि सामाजिक संजालमा व्यापक विरोध

पिडित भन्छन्; “नगरप्रहरीलाई पैसा नदिदा दु:ख दियो”

हिमालीसंचार संवाददाता
३४० पटक

काठमाडौं – सिन्धुपाल्चोक मेलम्ची वडा नं. १० का चेतेन्द्र आचार्य र उनकी पत्नी सीता आचार्यले काठमाडौं प्रधानमन्त्री निवास बालुवाटारदेखि करिब दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्दै अन्य मौसम अनुसारको फलफूल बेच्न थालेको १४ वर्ष भइसक्यो ।

काठमाडौ नगरप्रहरीले पैसा नदिएपछि सधै दु:ख दिने गर्दछ। नगरप्रहरीले मकै सहितको गाडा लगेपछि धेरै पटक सडकमा रोएको बृतान्त सुनाउदै मकै, मौसम अनुसारको फलफुल बेच्न नदिएपछि चोर्नु? नगरप्रहरी विरुद्ध आक्रोस पोख्छन्। उनीहरुले नगर प्रहरीलाई आफ्नो शत्रु ठान्छन् किनभने आफूले खाइनखाई जोडेका पाँचवटा गाडा पैस नदिएपछि उठाइसके । नगर प्रहरीले शुक्रबार उनको गाडा उठाएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । 

काठमाडौं नगर प्रमुख बालेन्द्र शाहको चुनावी घोषणापत्रमा उपभोग अवधि वा समयअनुसार खुला ठाउँमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने उल्लेख थियो । घोषणापत्र कार्यान्वयन गर्नुको सट्टा महानगरले सडक छेउमा मकै पोल्नेहरुलाई काम गरेर खान नदिएको भन्दै चर्को सामाजिक संजालमा नगरप्रमुख बालेन शाहको चर्को आलोचना भइरहेको छ । 

यस विषयमा नगर प्रमुख शाहले बोल्न चाहेका छैनन्। नगर प्रहरी प्रमुख धनपति सापकोटाले आचार्य दम्पतीले सडक नै ढाक्ने गरी मकैको व्यापार गरेको र नराख्न आग्रह गर्दा अपशब्द बोल्ने र प्रहरीलाई अगुल्टोले समेत हान्ने गरेकाले मकै सहितको गाडा उठाएको बताए। तर, उनीहरुसंग नगरप्रहरीले पैसा मागेको अस्वीकार गरेका छन्। 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...