News Portal

हङकङ ‘एक देश, दुई प्रणाली’लाई निरन्तरता दिनुपर्छ : राष्ट्रपति सी

हिमालीसंचार संवाददाता
३११ पटक

युवा राई/हङकङ –  चिनियाँ राष्ट्रपति सी जिनपिङले हङकङमा कायम ‘एक देश, दुई प्रणाली’लाई लामो समयसम्म निरन्तरता दिनुपर्ने बताएका छन् । यो मोडेलले शहरको रक्षामा सकारात्मक भूमिका खेलेको राष्ट्रपति सीले बताए ।hi

हङकङको २५ औं वर्षगाँठ समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘एक देश, दुई प्रणालीको पटक–पटक परीक्षण र प्रमाणित गरिएको छ । यो राम्रो प्रणालीलाई परिवर्तन गर्नुपर्ने कुनै कारण छैन । यसलाई लामो समयसम्म निरन्तरता गर्नुपर्छ ।’

सन् १९९७ जुलाई १ मा ब्रिटेनले हङकङ चीनलाई फर्काएको थियो । त्यतिबेला देश एउटै भए पनि दुई शासन प्रणाली रहने सहमति भएको थियो । हङकङमा अहिले पनि यही मोडेल कायम छ । यो सहमति अनुसार आगामी ५० वर्षसम्म हङकङलाई आफ्नो स्वतन्त्र विधायिका र न्यायपालिका चुन्ने अधिकार छ ।

राष्ट्रपति सी तीव्र गतिको रेल चढेर हङकङको २५ औं वर्षगाँठ कार्यक्रममा सहभागी हुन हङकङ आईपुगेका थिए । उनलाई हङकङ प्रमुख क्यारी लामले भव्य स्वागत गरेकी थिइन् ।

हङकङमा अरुसमय वर्षगाँठको बेला विरोध प्रदर्शन हुने गर्दथ्यो । तर सन् २०२० मा सुरक्षा कानुन लागु गरेयता विरोध प्रदर्शन रोकिएको छ । वर्षगाँठ मनाउन बेइजिङमा सार्वजनिक विदा दिने गरिन्छ । सन् २०२० मा कोरोना महामारी सुरु भएपछि राष्ट्रपति सी बेइजिङबाट बाहिर भ्रमणमा गएको यो पहिलो पटक हो । यसअघि उनी सन् २०१७ मा हङकङ आएका थिए । पाच बर्षपछि उनको भ्रमण द्रुत गतिको रेलमार्ग हुदै स्वदेश फर्केका छन्। 

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...