News Portal

प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा बढ्दो, शाखारहित बैंकिङ सेवा घट्दो

खाता खोल्नेको सङ्ख्या २८ प्रतिशतले बढ्यो

हिमालीसंचार संवाददाता
३०७ पटक

विराटनगर – प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा लिने ग्राहकको संख्या एक वर्षमा ६५.७ प्रतिशतले वृद्धि भएको छ। प्रदेश १ सरकारले पछिल्लो पटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार इन्टरनेट बैंकिङ सेवा लिनेको सङ्ख्या ०७७ सालमा ८३ हजार २८३ थियो । ०७८ सालमा यो सङ्ख्या बढेर १ लाख ३७ हजार ९६६ पुगेको छ ।

यस्तै, मोबाइल बैंकिङ सेवा लिनेको सङ्ख्यामा पनि ३१.४ प्रतिशतले वृद्धि भएको छ । ०७७ सालमा १८ लाख ९२ हजार ४३७ जनाले मोबाइल बैंकिङ सेवा लिएका थिए भने ०७८ सालमा यो सङ्ख्या २४ लाख ८६ हजार ९८२ पुगेको छ । डेबिट कार्ड प्रयोगमा पनि एक वर्षमा २५.७ प्रतिशतले वृद्धि भएको छ । ०७७ सालमा डेबिट कार्ड प्रयोग गर्नेको सङ्ख्या १० लाख ५९ हजार २५४ थियो भने २०७८ सालमा उक्त सङ्ख्या बढेर १३ लाख ३१ हजार ९५४ पुगेको छ ।

क्रेडिट कार्ड लिनेको सङ्ख्या ३६.९, प्रिपेड कार्ड लिनेको सङ्ख्या १०१ प्रतिशतले बढ्दा शाखारहित बैंकिङ सेवा भने ७.२ प्रतिशतले घटेको छ । ०७७ सालमा शाखारहित बैंकिङ सेवा प्रदेश १ मा ४०१ थियो भने २०७८ सालमा उक्त सङ्ख्या घटेर ३७२ मा आइपुगेको छ ।

प्रदेश १ मा ०७७ चैत मसान्तको तुलनामा ०७८ चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ४.४ प्रतिशतले वृद्धि भएर ३ खर्ब ३२ अर्ब पुगेको छ भने कुल कर्जा भने १४.४ प्रतिशतले वृद्धि भई ५ खर्ब २७ अर्ब पुगेको छ । यस्तै ०७८ असार मसान्तसम्ममा ३ खर्ब ४७ अर्बको कुल निक्षेप परिचालन तथा ४ खर्ब ८० अर्बको कर्जा प्रवाह भएको छ ।

प्रदेश १ का जिल्लामध्ये मोरङमा सबैभन्दा बढी १ खर्ब ३ अर्ब निक्षेप परिचालन भएको छ । तेह्रथुममा सबैभन्दा कम ४ अर्ब ४८ करोड निक्षेप परिचालन भएको छ । प्रदेशको कुल निक्षेप परिचालनमा मोरङ, सुनसरी र झापा जिल्लाको हिस्सा ७७.१ प्रतिशत छ । ०७७ सालको तुलनामा भोजपुर जिल्लाको निक्षेप सबैभन्दा बढी १७.४ प्रतिशतले वृद्धि भएको छ भने झापाको निक्षेप वृद्धि ०.३ प्रतिशत मात्रै भएको छ ।

हाल प्रदेश १ का बैंक तथा वित्तीय संस्थामा ५७ लाख २४ हजार निक्षेप खातामध्ये ४१ लाख २४ हजारमात्रै सक्रिय छन् । ती निक्षेप खातामध्ये ५० लाख २५ हजार ६३२ बचत खाता छन् । बचत खातामध्ये ३८ लाख ६५ हजार ६२८ बचत खाता सक्रिय अवस्थामा छन् । जुन प्रदेश १ को कूल जनसङ्ख्याको ७७.५ प्रतिशत हो । कुल बचत खातामध्ये पुरुषको सक्रिय खाता ५६.६ र महिलाको ४३.४ प्रतिशत छ ।

सबैभन्दा बढी कर्जा प्रवाह गर्ने जिल्लामा पनि मोरङ नै  छ । मोरङमा मात्रै २ खर्ब २४ अर्ब कर्जा प्रवाह भएको छ भने सबैभन्दा कम ताप्लेजुङमा २ अर्ब ५६ करोड कर्जा प्रवाह भएको छ । प्रदेशको कुल कर्जा प्रवाहमा मोरङ, सुनसरी र झापाको हिस्सा ८७.८ प्रतिशत छ ।

१ हजार ८४१ बैंक तथा वित्तीय संस्था, ५४१ बीमक कार्यालय: प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाका १ हजार ८४१ शाखा छन् । जसमा सबैभन्दा धेरै लघुवित्त वित्तीय संस्था छन् । ८६६ लघुवित्त, ७५३ वाणिज्य, १९० विकास र ३२ वटा वित्त कम्पनीका शाखा छन् । ०७७ सालको तुलनामा वित्त कम्पनीको सङ्ख्या भनेको घटेको छ । ०७७ मा ४४ वटा वित्त कम्पनी थिए भने ०७८ मा यो सङ्ख्या घटेर ३२ मा आइपुगेको छ । प्रदेश १ का १३७ वटै स्थानीय तहमा ०७७ साल चैत महिनामै वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ ।

आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार प्रदेश १ मा २०७८ चैत मसान्तसम्ममा जीवन बीमाका ३७६ र निर्जीवनका १६५ गरी ५४१ बीमक कार्यालय छन् । ०७७ फागुन मसान्तसम्ममा यस्तो शाखा सङ्ख्या जीवनतर्फ ३४८ र निर्जीवनतर्फ १५८ गरी कुल ५०६ थियो ।

प्रदेश १ मा सोही अवधिमा जीवन बीमा तथा निर्जीवन बीमा दुवैतर्फ गरी १५ लाख ३८ हजार ८१३ बीमालेख जारी भएका छन् । यो सङ्ख्या भनेको नेपालभर गरिएका कुल बीमालेखको ११.५ प्रतिशत हो ।

बैंकमा खाता खोल्नेको सङ्ख्या २८ प्रतिशतले बढ्यो: २०७८ चैत मसान्तसम्ममा प्रदेश १ मा रहेका बैंक तथा वित्तीय संस्थामार्फत खोलिएका मुख्य खाताको सङ्ख्या गत वर्षको तुलनामा २८.०३ प्रतिशतले वृद्धि भएको छ । यस्ता खाताको सङ्ख्या १२ लाख ७६ हजार ५२६ पुगेको छ । जसमा पुरुष ५४.१ प्रतिशत छन् भने महिलाको ४५.९ प्रतिशत छन् ।

प्रदेश १ का तीन जिल्ला झापा, मोरङ र सुनसरीमा धितोपत्र दलालले धितोपत्र कारोबार सेवा विस्तार गरेका छन् । ०७८ चैत मसान्तसम्ममा प्रदेश १ मा धितोपत्र दलालको १४ वटा शाखा छन् । यो बागमती प्रदेशपछिको दोस्रो हो । बागमतीमा धितोपत्र दलालको सङ्ख्या ५६ रहेको छ ।

प्रदेश १ मा खोलिएका धितोपत्र दलालका शाखा कार्यालयबाट १ खर्ब ३३ अर्ब बराबरको धितोपत्र तथा १ खर्ब ३२ अर्ब बराबरको धितोपत्र विक्री गरी कुल २ खर्ब ६५ अर्ब बराबरको कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...