News Portal

    प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा बढ्दो, शाखारहित बैंकिङ सेवा घट्दो

    खाता खोल्नेको सङ्ख्या २८ प्रतिशतले बढ्यो

    हिमालीसंचार संवाददाता
    २०३ पटक

    विराटनगर – प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा लिने ग्राहकको संख्या एक वर्षमा ६५.७ प्रतिशतले वृद्धि भएको छ। प्रदेश १ सरकारले पछिल्लो पटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार इन्टरनेट बैंकिङ सेवा लिनेको सङ्ख्या ०७७ सालमा ८३ हजार २८३ थियो । ०७८ सालमा यो सङ्ख्या बढेर १ लाख ३७ हजार ९६६ पुगेको छ ।

    यस्तै, मोबाइल बैंकिङ सेवा लिनेको सङ्ख्यामा पनि ३१.४ प्रतिशतले वृद्धि भएको छ । ०७७ सालमा १८ लाख ९२ हजार ४३७ जनाले मोबाइल बैंकिङ सेवा लिएका थिए भने ०७८ सालमा यो सङ्ख्या २४ लाख ८६ हजार ९८२ पुगेको छ । डेबिट कार्ड प्रयोगमा पनि एक वर्षमा २५.७ प्रतिशतले वृद्धि भएको छ । ०७७ सालमा डेबिट कार्ड प्रयोग गर्नेको सङ्ख्या १० लाख ५९ हजार २५४ थियो भने २०७८ सालमा उक्त सङ्ख्या बढेर १३ लाख ३१ हजार ९५४ पुगेको छ ।

    क्रेडिट कार्ड लिनेको सङ्ख्या ३६.९, प्रिपेड कार्ड लिनेको सङ्ख्या १०१ प्रतिशतले बढ्दा शाखारहित बैंकिङ सेवा भने ७.२ प्रतिशतले घटेको छ । ०७७ सालमा शाखारहित बैंकिङ सेवा प्रदेश १ मा ४०१ थियो भने २०७८ सालमा उक्त सङ्ख्या घटेर ३७२ मा आइपुगेको छ ।

    प्रदेश १ मा ०७७ चैत मसान्तको तुलनामा ०७८ चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ४.४ प्रतिशतले वृद्धि भएर ३ खर्ब ३२ अर्ब पुगेको छ भने कुल कर्जा भने १४.४ प्रतिशतले वृद्धि भई ५ खर्ब २७ अर्ब पुगेको छ । यस्तै ०७८ असार मसान्तसम्ममा ३ खर्ब ४७ अर्बको कुल निक्षेप परिचालन तथा ४ खर्ब ८० अर्बको कर्जा प्रवाह भएको छ ।

    प्रदेश १ का जिल्लामध्ये मोरङमा सबैभन्दा बढी १ खर्ब ३ अर्ब निक्षेप परिचालन भएको छ । तेह्रथुममा सबैभन्दा कम ४ अर्ब ४८ करोड निक्षेप परिचालन भएको छ । प्रदेशको कुल निक्षेप परिचालनमा मोरङ, सुनसरी र झापा जिल्लाको हिस्सा ७७.१ प्रतिशत छ । ०७७ सालको तुलनामा भोजपुर जिल्लाको निक्षेप सबैभन्दा बढी १७.४ प्रतिशतले वृद्धि भएको छ भने झापाको निक्षेप वृद्धि ०.३ प्रतिशत मात्रै भएको छ ।

    हाल प्रदेश १ का बैंक तथा वित्तीय संस्थामा ५७ लाख २४ हजार निक्षेप खातामध्ये ४१ लाख २४ हजारमात्रै सक्रिय छन् । ती निक्षेप खातामध्ये ५० लाख २५ हजार ६३२ बचत खाता छन् । बचत खातामध्ये ३८ लाख ६५ हजार ६२८ बचत खाता सक्रिय अवस्थामा छन् । जुन प्रदेश १ को कूल जनसङ्ख्याको ७७.५ प्रतिशत हो । कुल बचत खातामध्ये पुरुषको सक्रिय खाता ५६.६ र महिलाको ४३.४ प्रतिशत छ ।

    सबैभन्दा बढी कर्जा प्रवाह गर्ने जिल्लामा पनि मोरङ नै  छ । मोरङमा मात्रै २ खर्ब २४ अर्ब कर्जा प्रवाह भएको छ भने सबैभन्दा कम ताप्लेजुङमा २ अर्ब ५६ करोड कर्जा प्रवाह भएको छ । प्रदेशको कुल कर्जा प्रवाहमा मोरङ, सुनसरी र झापाको हिस्सा ८७.८ प्रतिशत छ ।

    १ हजार ८४१ बैंक तथा वित्तीय संस्था, ५४१ बीमक कार्यालय: प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाका १ हजार ८४१ शाखा छन् । जसमा सबैभन्दा धेरै लघुवित्त वित्तीय संस्था छन् । ८६६ लघुवित्त, ७५३ वाणिज्य, १९० विकास र ३२ वटा वित्त कम्पनीका शाखा छन् । ०७७ सालको तुलनामा वित्त कम्पनीको सङ्ख्या भनेको घटेको छ । ०७७ मा ४४ वटा वित्त कम्पनी थिए भने ०७८ मा यो सङ्ख्या घटेर ३२ मा आइपुगेको छ । प्रदेश १ का १३७ वटै स्थानीय तहमा ०७७ साल चैत महिनामै वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ ।

    आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार प्रदेश १ मा २०७८ चैत मसान्तसम्ममा जीवन बीमाका ३७६ र निर्जीवनका १६५ गरी ५४१ बीमक कार्यालय छन् । ०७७ फागुन मसान्तसम्ममा यस्तो शाखा सङ्ख्या जीवनतर्फ ३४८ र निर्जीवनतर्फ १५८ गरी कुल ५०६ थियो ।

    प्रदेश १ मा सोही अवधिमा जीवन बीमा तथा निर्जीवन बीमा दुवैतर्फ गरी १५ लाख ३८ हजार ८१३ बीमालेख जारी भएका छन् । यो सङ्ख्या भनेको नेपालभर गरिएका कुल बीमालेखको ११.५ प्रतिशत हो ।

    बैंकमा खाता खोल्नेको सङ्ख्या २८ प्रतिशतले बढ्यो: २०७८ चैत मसान्तसम्ममा प्रदेश १ मा रहेका बैंक तथा वित्तीय संस्थामार्फत खोलिएका मुख्य खाताको सङ्ख्या गत वर्षको तुलनामा २८.०३ प्रतिशतले वृद्धि भएको छ । यस्ता खाताको सङ्ख्या १२ लाख ७६ हजार ५२६ पुगेको छ । जसमा पुरुष ५४.१ प्रतिशत छन् भने महिलाको ४५.९ प्रतिशत छन् ।

    प्रदेश १ का तीन जिल्ला झापा, मोरङ र सुनसरीमा धितोपत्र दलालले धितोपत्र कारोबार सेवा विस्तार गरेका छन् । ०७८ चैत मसान्तसम्ममा प्रदेश १ मा धितोपत्र दलालको १४ वटा शाखा छन् । यो बागमती प्रदेशपछिको दोस्रो हो । बागमतीमा धितोपत्र दलालको सङ्ख्या ५६ रहेको छ ।

    प्रदेश १ मा खोलिएका धितोपत्र दलालका शाखा कार्यालयबाट १ खर्ब ३३ अर्ब बराबरको धितोपत्र तथा १ खर्ब ३२ अर्ब बराबरको धितोपत्र विक्री गरी कुल २ खर्ब ६५ अर्ब बराबरको कारोबार भएको छ ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

    अमेरिका, असार ४ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले महेश कुमार श्रेष्ठ...

    कर्मचारी कुलिङ पिरियड प्रावधानबारे प्रधानमन्त्री सक्रिय, बालुवाटारमा छलफल तीव्र

    काठमाडौं, असार ४ – संघीय निजामती कर्मचारीको सेवा तथा सुविधा सम्बन्धी विधेयकमा समावेश गरिएको २...

    स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, कांग्रेसका वडाध्यक्ष फरार

    स्याङ्जा, असार ४ – आँधीखोला दोहनविरुद्ध आवाज उठाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई नेतामाथि नेकाँबाट...

    आज २०८२ साल असार ४ गतेको राशिफल

    आज असार ४, २०८२ (जुन १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सर्दुखोला नियन्त्रणको भुक्तानीलाई लिएर धरानमा मेयर-उपमेयरबीच फेरि विवाद, अवस्था तनावपूर्ण

    धरान, असार ३ – धरान उपमहानगरपालिकामा फेरि एकपटक राजनीतिक तानातान चर्किएको छ। सर्दुखोला नियन्त्रण कार्यको...