News Portal

बेलायतले चिनलाई हङकङ फिर्ता गरेको २५ बर्ष पुरा, राष्ट्रपति सीद्वारा कार्यक्रम उद्धाटन

हिमालीसंचार संवाददाता
३२७ पटक

युवा राई/हङकङ  बेलायत सरकारले चिन सरकारलाई आफ्नो भूमि फिर्ता दिएको आज २५ बर्ष पुरा भएको छ। चीन सरकारले ‘एक देश, दुई व्यवस्था’को सिद्धान्तमा हङकङ सन् १९९७ जुलाई १ तारिखदेखि आफ्नो मुख्य भूमिमा पुनः गाभेको आज २५ बर्ष पुरा भएको हो। 

बेलायत सरकारले चीन सरकारलाई हङकङ फिर्ता गरेसंगै १५६ वर्षको बेलायती उपनिवेश हङकङबाट समाप्त भएको हो। सन् १९८४ मा चीन सरकार र बेलायत सरकारले संयुक्त रुपमा विशेष कार्यक्रमकाबीच बेजिङले हङकङको अत्यधिक स्वायत्ततालाई करिब ५० वर्षसम्म मान्ने प्रतिबद्धता गरेको थिए। 

चिनको विशेष प्रशासनिक क्षेत्र हङकङ चीनलाई फिर्ता गरेको एकरात अघि बेलायतका राजकुमार चार्ल्स, बेलायती प्रधानमन्त्री टोनी ब्लेयर र हङकङका २८ औँ र अन्तिम गभर्नर क्रिस प्याटेन बिदाइ कार्यक्रममा सरिक भएका थिए।

चिनियाँ राष्ट्रपति सी जिनपिङले आज बिहान १० बजे हङकङ मातृभूमि फिर्ता भएको २५ औं वार्षिकोत्सव चीनको विशेष प्रशासनिक क्षेत्रको छैटौँ कार्यकालको उद्घाटन गरे। 

राष्ट्रपति सीसमक्ष हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौं कार्यकालको प्रमुख कार्यकारीमा नवनिर्वाचित जोन ली र उनका टिमले सपथ लिए। हङकङका नवनिर्वाचित नयाँ टिमले सपथ लिएपछि पाँच वर्षे कार्यकालको औपचारिक शुभारम्भ गरे। 

उद्घाटन समारोहपछि राष्ट्रपति सीले हङकङमा रहेको पिपुल्स लिबरेसन आर्मी ग्यारिसनको मुख्यालयको भ्रमण गरी दिउँसो १ बजे हाईस्पीड ट्रेनमार्फत पुन: चीन प्रस्थान गरेका छन्।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...