News Portal

मकाउमा कोरोना संक्रमणको उच्च जोखिम, ६३८ जनामा कोरोना पुष्टि

हिमालीसंचार संवाददाता
३२२ पटक

ऐजेन्सी – मकाउ सरकार तथा हेल्थ व्यूरो मकाउले सार्वजनिक गरेको तथ्यांक अनुसार ६३८ कोरोना पुष्टि भएको छ। हेल्थ व्यूरो मकाउले पछिल्लो २४ घण्टाको ताजा विवरण सार्वजनिक गर्दै ६६ जना नयाँ कोरोना संक्रमितको संख्या थप पुष्टि भएको उल्लेख गरेको छ।

हेल्थ व्यूरो मकाउले परीक्षण गरेका नयाँ घटनाहरु मध्ये समुदायहरुमा ३१ जना र बाकी ३५ जना हेल्थ व्यूरोले नियन्त्रित गरेका क्षेत्र, समुहबाट कोरोना संक्रमित पुष्ट भएको उल्लेख गरिएको छ। कोरोना संक्रमित हुनेहरुमा ८ महिनादेखि १०० बर्षसम्मका बृद्धहरु रहेको हेल्थ व्यूरो मकाउले जनाएको छ। कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी दिएका छन्। 

हेल्थ व्यूरो मकाउका अघिकारीहरुका अनुसार मध्यरातदेखि अहिले दिउसो १५ः२३ बजेसम्म थप २३ प्रारम्भिक कोरोना संक्रमित पुष्टि भएका हुन्। उनीहरु मकाउ सरकार तथा हेल्थ व्यूरो मकाउले प्रदान गरेका स्वयम् घरमा एन्टिजेन परीक्षणहरुबाट प्रारम्भिक आशंकाभित्र परेका हुन्। मकाउमा १०,४०० जना यस्ता प्रारम्भिक व्यक्तिहरु हेल्थ व्यूरो मकाउको निगरानीमा रहेका छन् । करिब १ हजार भन्दा धेरै व्यक्तिहरु संक्रमित व्यक्तिको सम्पर्कका कारण निगरानीमा रहेका छन् । 

हेल्थ व्यूरो मकाउका अनुसार आफ्नो स्थानी ठेगाना लगायतका ट्रुटिहरु सच्याउने र पहेलो, रातो कोड अर्को हप्ता सार्वजनिक सेवाहरु खुल्ने की नखुलाई दिने अधिकारीहरुले बताएका छैनन् । हेल्थ व्यूरो मकाउले शुक्रबार र शनीवार पुन: परीक्षण गर्नु पर्ने जनाएको छ। अधिकारीहरुले अर्को परीक्षणका लागि मिति उल्लेख गरेका छैनन् । 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...