News Portal

नागरिकता विधेयकमा ओलीको दोहोरो चरित्र, सन्दर्भ र समय फरक भएकाले समर्थन नगर्ने

हिमालीसंचार संवाददाता
२८६ पटक

काठमाडौं – नेपाल सरकारले केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसदमा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्द शर्मासँग विधेयकलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।

संसदमा पेस गर्न लागिएको नागरिकतासम्बन्धी विधेयकबारे छलफल गर्न मन्त्रीद्वय असार ३ गते ओली निवास बालकोट पुगेका थिए। भेटमा मन्त्रीद्वयले केपी ओली सरकारकै पालामा २०७८ जेठ ९ गते ल्याइएको नागरिकतासम्बन्धी अध्यादेशलाई नै अहिले विधेयकका रूपमा संसदमा ल्याउन लागिएको जानकारी गराएका थिए । उनीहरूले सहमतिमा सोही अध्यादेशलाई विधेयकका रूपमा अघि बढाउन प्रस्ताव राख्दा ओलीले पहिलेको र अहिलेको सन्दर्भ फरक भएको भन्दै समर्थन गर्न नसकिने बताएका थिए।

‘तपाईको सरकारका पालामा ल्याइएको अध्यादेशलाई नै विधेयकका रूपमा संसदमा पेस गर्न लागेका छौं। सहयोग चाहियो भनेका थियौं। तर, उहाँले अहिलेको सन्दर्भ र समय फरक भएकाले समर्थन गर्न नसकिने बताउनुभयो,’ गृहमन्त्री निकट स्रोतले भन्यो। ओलीले अहिलेको अवस्थामा राष्ट्रिय सहमति कायम गरेर मात्रै विधेयक ल्याउन आग्रह गरेका थिए। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...