News Portal

बैकिङ कसूर मुद्धामा ७ लाख जरिवाना तोकिएर फरार रहेकी विष्णु माया योन्जन पक्राउ

हिमालीसंचार संवाददाता
४५९ पटक

पुष्कर खड्का रामेछाप– बैंकिङ कसुर मुद्दाका फरार रहेकी खाँडादेवी गाउँपालिकाकि एक महिलालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका – ५ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४२ वर्षीया विष्णु माया योन्जनलाई पक्राउ गरिएको हो।

पक्राउ परेकी विष्णु माया योन्जनले एनएमवि बैंकको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भनि जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७७ फागुन १३ गते चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले ठहर गरी उक्त फैसला गरेको थियो।

उच्च अदालत पाटनको २०७९ जेठ २७ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा ३ दिन कैद र ७ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) महाराजगंजबाट खटिएको प्रहरीको टोलिले काठमाडौं टेकुबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको सीआईबीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...