News Portal

बैकिङ कसूर मुद्धामा ७ लाख जरिवाना तोकिएर फरार रहेकी विष्णु माया योन्जन पक्राउ

हिमालीसंचार संवाददाता
४२० पटक

पुष्कर खड्का रामेछाप– बैंकिङ कसुर मुद्दाका फरार रहेकी खाँडादेवी गाउँपालिकाकि एक महिलालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका – ५ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४२ वर्षीया विष्णु माया योन्जनलाई पक्राउ गरिएको हो।

पक्राउ परेकी विष्णु माया योन्जनले एनएमवि बैंकको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भनि जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७७ फागुन १३ गते चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले ठहर गरी उक्त फैसला गरेको थियो।

उच्च अदालत पाटनको २०७९ जेठ २७ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा ३ दिन कैद र ७ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) महाराजगंजबाट खटिएको प्रहरीको टोलिले काठमाडौं टेकुबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको सीआईबीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...