News Portal

हिमालयन एयरलाइन्सले कुवेत काठमान्डौ जुलाई १५बाट उडान शुरु गर्न

हिमालीसंचार संवाददाता
३९० पटक

कुवेत -हिमालयन एयरलाइन्सले काठमान्डौ कुवेत सिधा उडान शुरु गर्ने भएको छ । आउदो  जुलाई १५ तारिख देखि उडान शुरु गर्न लागेको एयरलाइन्सका प्रतिनिधि बसन्त न्यौपानेले जानकारी दिनु भएको छ। हिमालयनले काठमान्डौ कुवेत उडान शुरु गर्न आवश्यक प्रक्रिया मिलाउन कुवेत आएका एयरलाइन्सका प्रतिनिधिहरुले नेपाली दुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीलाई समेत भेट गरि उडानको बारेमा जानकारी गराउदै आपसी छलफल समेत गरेको छ।

गत अप्रिल ७ तारिख राजदुत भण्डारी कुवेत स्थित नागरिक उड्यन निर्देशनालयका महानिर्देशक यूसुफ सुलेमान अल-फौजान सँग भएको दुई पक्षिय भेटबार्ता प्रश्चात प्रक्रियाले  तिब्रता पाएको वुझिएको छ।  कुवेत स्थित TVS ग्रुपले हिमालयन एयर्लाइन्ससँग सहकार्य गरेको छ।
बैदेशिक रोजगारीको लागि नेपालीहरुको आकर्षण बन्दै गएको कुवेतमा नेपाली ध्वाजाबाहक विमान हिमालयनले उडान भर्ने भएपछी कुवेतबासी नेपालीहरुको लागि अझ सहज बन्ने भएको छ।

हुनत पछिल्लो पटक कुवेतबाट जजिरा एयरलाइनसले सिधा उडान गरिरहेको छ। जजिराले काठमान्डौ स्थित त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा नियमित र भर्खरै मात्रै संचालनमा आएको भैरहवा स्थित गौतम  बुद्द अन्तरास्ट्रिय विमानस्थलमा समेत साता ३ दिन उडान भर्दै  आएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...