आज : २०२६-०७-२३, बिहीबार

मकाउ सरकारले कोभिड-१९ का विरामीहरुका लागि शुक्रबारदेखि परम्परागत चिनियाँ औषधि दिने

ऐजेन्सी – मकाउका सरकाले कोभिड-१९ का बिरामीहरूलाई शुक्रबारदेखि विकल्पका रुपमा परम्परागत चिनियाँ औषधि प्रदान गरिने मकाउ सरकार तथा स्वास्थ्य ब्यूरोले जनाएको छ।

अल्भिस लो’का अनुसार परम्परागत चिनियाँ चिकित्साका सल्लाह बमोजिम मकाउमा कोभिड-१९ का विरामी भएका विरामीका लागि आगामि शुक्रबारदेखि उक्त परम्परागत चिनियाँ औषधि प्रदान गरिने मकाउ हेल्थ व्यूरोले बताएको छ। 

मकाउ सरकार तथा मकाउ स्वास्थ्य व्यूरोका अनुसार (लिएनहाउ क्यवेन  ‘Lianhua Qingwen र हाउ छिङ जेन वी Huo Xiang Zheng Qi’) क्याप्सुलहरु कोभिड-१९ का विरामीहरुले लिन चाहेमा प्रदान गरिने मकाउ हेल्थ व्यूरोले जनाएको हो। यो समाचार आज टिडिएमले लेखेको छ।