News Portal

  • खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा

    हिमालीसंचार संवाददाता
    २२० पटक

    खोटाङ – खोटाङ जिल्लाका हलेसी तुवाचुङ नगरपालिका भित्रका दुई वर्षमुनिका सबै बालबालिकाले सबै किसिमका खोप लगाएपछि पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समुहका सबै बालबच्चाले सबै खालका खोपको मात्रा प्रदान गरिएपछि नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।

    नगरमा पूर्ण खोप सुनिश्चित गर्ने कार्यविधि र निर्देशिका बमोजिमका सम्पूर्ण प्रकृया भएको आधारमा ११ वडा रहेको नगरपालिकालाई बुधबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पुर्ण खोप सुनिश्चितता नगर घोषणा गरेका हुन् ।

    स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७र०७८ मा नगरपालिकालाई ५११ जना बालबालिकालाई सबै खोपको मात्रा दिनुपर्ने लक्ष्य दिएकामा ९६ प्रतिशत अर्थात ४९१ बालबालिकाले सबै किसिमका खोप पाएको निश्चित गरिएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक प्रकाश घिमिरेले बताए । 

    नगरभित्र जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १२ रोग बिरुद्धको खोपको मात्रा पुर्णरुपमा पाएको आधारमा हलेसी तुवाचुङ नगरपालिका  जिल्लाकै पुर्ण खोप सुनिश्चितता पालिका बनेको हो । सामान्यतः १५ महिनामा दादुराको दोश्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ । 

    नगरभित्रका १६ महिनादेखि २३ महिनाका सबै बालबच्चाले सबै किसिमका खोप पाइसकेपछि नगरका हरेक वडामा खोप समन्वय समितिले पुर्ण खोप सुनिश्चितता वडा बनेको उल्लेख गर्दै नगर स्वास्थ्य शाखा समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा नगर खोप समन्वय समितिको ८ असारको बैठकले नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणाका लागि उपयुक्त भएको सिफारिस जिल्ला खोप समन्वय समिति समक्ष पेश गरेको थियो ।

    हलेसी तुवाचुङ नगरपालिकाको खोप समन्वय समितिको सिफारिसका आधारमा गरिएको र्‍याण्डम अनुगमनपछि जिल्ला खोप समन्वय समितिले १२ असारमा पुर्ण खोप सुनिश्चितता घोषणाका लागि पत्र दिएको आधारमा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको सह–संयोजक घिमिरेले बताए । नगरपालिका घर भएका तर हाल बाहिर बसिरहेका बालबच्चाले समेत सबै किसिमका खोप पाएको सुनिश्चित गरिएको मेयर बिमला राईले हिमालीसंचारडटकमसंग बताइन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...