News Portal

एउटै नम्बर प्लेट भएका दुई मोटरसाइकल भाइरल, नियन्त्रणमा लिन प्रहरीको सर्कुलर

हिमालीसंचार संवाददाता
३३२ पटक

काठमाडौं – बुधबार बिहान गौशाला चोकमा एउटै नम्बर प्लेटका २ वटा मोटरसाइकल ट्राफिक जाम हुदा देखा परेका छन्। गौशाला चोकमा ट्राफिक संकेत (रातो बत्ती) बलेपछि जाम पर्दा सवारीसाधन रोकिएको समयमा एउटै नम्बर प्लेटका २ मोटरसाइकल सँगै देखिएका हुन्। 

सवारी जाम परेको समयमा एउटै नम्बर प्लेटका दुई मोटरसाइकल देखापरेपछि प्रदीपजंग क्षेत्रीले फोटो खिचेका थिए। क्षेत्रीले खिचेको तस्बिरमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर प्लेटका दुई मोटरसाइकल सँगै देखिन्छ। जुन तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। एउटै नम्बर प्लेटका दुई मोटरसाइकलको जम्काभेट भएको तस्बिर भाइरल भएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिन आफ्ना माताहातमा निर्देशन सर्कुलर जारी गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी सञ्जिव शर्मा दासले ट्राफिक युनिटहरुलाई मोटरसाइकल नियन्त्रणमा लिनका लागि निर्देशन दिइएको जानकारी गराए।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...