News Portal

काठमाडौं महानगरपालिका काठमाडौंका सडकमा खानेकुरा बेच्न निषेध

हिमालीसंचार संवाददाता
२१३ पटक

सन्जिब कोयी/काठमाडौं – काठमाडौं महानगरपालिकाले हैजाको उच्च जोखिम रहेको हुदा सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै काठमाडौं महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ ।

ललितपुर महानगरपालिकाको विभिन्न स्थानहरुमा हैजाको प्रकोप देखिपछि पछिल्लो समय काठमाडौं उपत्यकामा पनी हैजाका बिरामी बढ्दै गएकाले काठमाडौं महानगरपालिका काठमाडौंमा खानेपानीको प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा समेत रोक लागएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।

होटल रेष्टुराँको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए । खानेपानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरिएको उनले बताए ।

सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई जीवनजल, खानेपानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको र बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाइएको त्रिपाठीले बताए ।

त्यस्तै, नागरिकको सहजताका लागि मरानगरले २४ सैं घण्टा ११८० हटलाइन टेलिफोन सोमबारदेखि सञ्चालनमा समेत ल्याएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...