News Portal

उद्घाटन खेलमा बवियाविर्ता भेट्रन क्लब विजयी

हिमाली संचार संवाददाता
६७९ पटक

रबिन्द्र बराल : मोरङको रंगेली नगरपालीका ८ दर्वेशामा बिहीबार देखी भेट्रन कप फुटवल प्रतियोगीता शुरु भएको छ । बनकोल खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा कानेपोखरी भेट्रनलाई ३–१ गोल अन्तरले हराउदै बवियाविर्ता विजयी भएको हो ।

नेपाल तरुण दल क्षेत्र नं.२ को आयोजनामा शुरुभएको प्रतियोगिताको उद्घाटन खेलमा बवियाविर्ता भेट्रन क्लब विजयी भएको छ । निर्धारीत ६० मिनेटको खेलको पहिलो हापमा बवियाविर्ताले निकै आक्रमक खेल प्रर्दशन गर्दै खेलको १५ औं मिनेटमा बवियाविर्ताका संजय हास्दाले पहिलो गोल गर्दै टिमलाई आग्रता दिलाएका थिए ।

कानेपोखरीले खेलको दोश्रो हापको ४० औं मिनेटमा, महोवत धामी थारुले थप एक गोल गर्दै टिमलाई तिन गोलको अग्रता दिलाएका थिए । खेलको अन्तिम समयमा कानेपोखरीका कृष्ण कुमार लिम्बुले फ्री किकलाई सदुपयोग गर्दै १ गोल फर्काउन सफल भएका थिए। खेलको म्यान अफ द म्याच बवियाविर्ताका संजय हास्दा घोषित भएका थिए ।

खेलको उद्घाटन प्रमुख अतिथि रहनु भएकी दुर्गा देवी दाहाल सहित विशिष्ट अतिथि नेपाल काग्रेस महासमिती सदस्य गोपालमान सिंह राजभण्डारी, जिल्ला सचिव नागेश कोइराला, नगरसभापति जगरनाथ मण्डल, सचिव कमल सिवाकोटी, तरुणदल क्षेत्रिय सभापति हरि सिवाकोटी,
रंगेली नगरपालीका वार्ड नं.२ का वडाध्यक्ष जित नारायण खवास, वडा नं.३ का वडाध्यक्ष धनश्याम पनेरु, खेलकुद विकास समितिका जिल्ला उपाध्यक्ष गोपाल सेढाईले संयुक्त रुपमा फुटवल हस्तान्तरण गर्दै उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा जिल्लाका १२ टिमको सहभागीता रहेको छ । असोज ३० गते सम्पन्न हुने प्रतियोेगिताको विजेता समुहले नगद ३१ हजार र उपविजेता समुहले २१ हजार सहित शिल्ड प्रमाणपत्र प्राप्त गर्ने आयोजकका खेल संयोजक रविन्द्र ठकुरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...