News Portal

केपिलासगढी गाउपालिका प्रति शुभेच्छा! – ‘भावुक’ (प्रभा)

हिमालीसंचार संवाददाता
३९३ पटक

गर्दैछन् श्रम आज नित्य जनले प्यारो र आफ्नो भनी
फूल्छन् फूल सदा सुकर्मफलले पाखा पखेरा भरी।
मिल्दा भाइ सदैव भाव मनले भातृत्व न्यानो भयो
राम्राो लाग्दछ केपिलास भवमै आदर्श गाउपालिका छ यो ।।१।।

छन् सप्तेश्वर बाक्सिला अझ उता सुङदेल दिप्सुङ सँगै
बास्पानी पर छैन मान्दछ यहाँ जोडी सबैको अझै।
इन्द्रेणीपुर सात रंग छ सँगै फेदी र खार्तम्छ यो
राम्रो लाग्दछ केपिलास भवमै आदर्श गाउपालिका छ यो।।२।।

साकेला रसिलो म सुन्छु मनले त्यो ढोल झ्याम्टा सँगै
नौलो संस्कृति साथमा प्रकृतिले आहा छ आहा अझै।
रावारेणु र ताप दिव्य बहने आन्नद कस्तो अहो
राम्रो लाग्दछ केपिलास भवमै आदर्श गाउपालिका छ यो।।३।।

चौतारी चुचुरा गढी अमर छन् यी सभ्यताका चुली
गास्छन् प्यार त पारुहाङ मनले झन् सुम्निमाले चुमी।
आऊ जाग सचेतना हृदयले आभा बनोस् ठाउँ यो
राम्रो लाग्दछ केपिलास भवमै आदर्श गाउपालिका छ यो।।४।।

त्यागे स्वार्थ विकास उन्नयनले फड्किन्छ गाउपालिका अझै
हे मालीजन हो विभेद नगरे सद्भाव राख्छन् सबै।
गाउपालिकामा जनभावना कदर होस् मेरो शुभेच्छा छ यो
राम्रो लाग्दछ केपिलास भवमै आदर्श गा पा छ यो।।५।।

प्रकाश आचार्य ‘भावुक’ (प्रभा)
दिक्तेल, खोटाङ

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...