News Portal

केपिलासगढी गाउपालिका प्रति शुभेच्छा! – ‘भावुक’ (प्रभा)

हिमालीसंचार संवाददाता
४१७ पटक

गर्दैछन् श्रम आज नित्य जनले प्यारो र आफ्नो भनी
फूल्छन् फूल सदा सुकर्मफलले पाखा पखेरा भरी।
मिल्दा भाइ सदैव भाव मनले भातृत्व न्यानो भयो
राम्राो लाग्दछ केपिलास भवमै आदर्श गाउपालिका छ यो ।।१।।

छन् सप्तेश्वर बाक्सिला अझ उता सुङदेल दिप्सुङ सँगै
बास्पानी पर छैन मान्दछ यहाँ जोडी सबैको अझै।
इन्द्रेणीपुर सात रंग छ सँगै फेदी र खार्तम्छ यो
राम्रो लाग्दछ केपिलास भवमै आदर्श गाउपालिका छ यो।।२।।

साकेला रसिलो म सुन्छु मनले त्यो ढोल झ्याम्टा सँगै
नौलो संस्कृति साथमा प्रकृतिले आहा छ आहा अझै।
रावारेणु र ताप दिव्य बहने आन्नद कस्तो अहो
राम्रो लाग्दछ केपिलास भवमै आदर्श गाउपालिका छ यो।।३।।

चौतारी चुचुरा गढी अमर छन् यी सभ्यताका चुली
गास्छन् प्यार त पारुहाङ मनले झन् सुम्निमाले चुमी।
आऊ जाग सचेतना हृदयले आभा बनोस् ठाउँ यो
राम्रो लाग्दछ केपिलास भवमै आदर्श गाउपालिका छ यो।।४।।

त्यागे स्वार्थ विकास उन्नयनले फड्किन्छ गाउपालिका अझै
हे मालीजन हो विभेद नगरे सद्भाव राख्छन् सबै।
गाउपालिकामा जनभावना कदर होस् मेरो शुभेच्छा छ यो
राम्रो लाग्दछ केपिलास भवमै आदर्श गा पा छ यो।।५।।

प्रकाश आचार्य ‘भावुक’ (प्रभा)
दिक्तेल, खोटाङ

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...