News Portal

पेट्रोलियमको मूल्य घटाइयो, उपभोग्य वस्तुको मूल्य उच्च बृद्धि घट्नेमा शङ्का

हिमालीसंचार संवाददाता
३९१ पटक

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर कटाएर उपभोक्तालाई  राहत  दिएको  छ । सरकारको निष्कर्ष पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण बजार मूल्य बढेको भन्ने छ । कर कटाएर  पेट्रोलियम  पदार्थको मूल्य घटाइएको  जानकारी  दिन  आयोजित  पत्रकार  सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  दिलेन्द्रप्रसाद  बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले बजार मूल्य अस्वाभाविक बढेकाले उपभोक्तालाई राहत दिन सरकारले मूल्य घटाएको जानकारी दिए ।

उनले  डिजेल,  पेट्रोलको  मूल्य  घटेसँगै  बजारमा भएको मूल्यवृद्धि घट्ने बताए । बजार अनुगमनलाई प्रभावकारी रूपमा अगाडि बढाउने र अस्वाभाविक मूल्य लिएको पाए तत्काल कारबाही गर्ने पनि उनले बताए । बजार भाउ सम्बन्धमा सरकारको विश्लेषण र निष्कर्ष यस्तो रहेको भए पनि निजी क्षेत्र बजार मूल्य बढेको मान्न तयार छैन ।

त्यसैले इन्धनको मूल्यवृद्धिलाई प्रमुख कारण देखाएर अन्य दैनिक उपभोग्य  वस्तुमा  भएको  मूल्यवृद्धि  भने  घट्ला  भन्नेमा शङ्का छ । अधिकांश उपभोग्य वस्तुमा एक पटक मूल्य बढेपछि पुनः त्यसको  मूल्य  घटेको अनुभव उपभोक्ताले गर्न नपाएको विगतका अनुभव छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...