News Portal

  • ताप्लेजुङको सिरिजंगाले स्वास्थ्य बीमा निःशुल्क बारे सम्भाव्यता अध्ययन गर्ने,करिव ५२ करोड बजेट आयो

    हिमालीसंचार संवाददाता
    ३०४ पटक

    ताप्लेजुङ – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिका क्षेत्र भित्र निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अभिबृद्धि गर्न सम्भाव्यता अध्ययन गर्ने भएको छ । नागरिक उपचार सहयाता कोषको रकम प्रयोग गरी यो कार्यक्रम अघि बढाउन स्रोत व्यवस्थापन सम्भव छ या छैन भन्ने बारेमा सम्भाव्यता अध्ययन गर्ने पालिकाको तयारी छ ।

    स्रोत व्यवस्थापन सम्भव नभए प्रर्वद्धनात्मक कार्यक्रम अघि सार्ने उसको तयारी छ । गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले पालिकाको नियमित गाउँसभा तथा अधिबेशन(११ औं) मा ४३ बुदें नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।

    पालिकाले प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा प्रसुती हुन नसकी अन्यत्र अस्पतालमा रेफर गरिने गर्भवती महिला,बाढी÷पहिरो, चट्याङ जस्ता प्राकृतिक प्रकोपबाट घाइते भई अन्यत्र रेफर गरिने स्थानीयबासी, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेका व्यक्ति, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र सहिद तथा वेपत्ता पारिएका व्यक्तिको एकाघरका परिवारलाई गाउँपालिकाबाट सञ्चालनमा ल्याइएको एम्बुलेन्स सेवा निःशुल्क गर्ने, “स्वस्थ आमा, स्वस्थ बच्चा“ अभियान सञ्चालनमा ल्याइने भएको छ । 

    यो अभियान कार्यान्वयन गर्न गर्भवती भएको १६ हप्तादेखी सुत्केरी भएको ६ हप्तासम्मका सम्पूर्ण गर्भवती एवम् सुत्केरी महिलाहरुलाई सम्बन्धित स्वास्थ्य संस्था मार्फतनै निःशुल्क क्याल्सियम चक्की वितरणको व्यवस्था मिलाइने कार्यक्रमलाइ पालिकाले निरन्तरता दिने भएको छ । यस्तै चिकित्सक एवम् तोकिएको स्वास्थ्यकर्मीको सिफारिसमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, भिन्न क्षमता भएका व्यक्ति, एकल महिला र शहीद तथा वेपत्ता परिवारका सन्तती र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई गाउँपालिकाबाट सञ्चालित ल्याब एवम् एक्सरे सेवा निःशुल्क गर्ने व्यवस्था मिलाइने घोषणा गरेको छ । ‘

    म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियानलाई निरन्तरता दिने घोषणा गरेको पालिकाले गाउँपालिका क्षेत्रभित्रका दलित महिला र अपाङ्गता परिचयपत्र प्राप्त विद्यार्थीहरुको उच्च शिक्षामा पहुँच अभिवृद्वि गर्न ‘उपाध्यक्ष–छात्रवृत्ति’ कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । 

    यस कार्यक्रम कार्यान्वयन गर्न सिनाम बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनका लागि भर्ना भएका गाउँपालिका क्षेत्रभित्रका सबै दलित महिला र अपाङ्गता परिचयपत्र प्राप्त विद्यार्थीको भर्ना शुल्क, मासिक शुल्क, रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क वापतको खर्च गाउँपालिकाबाटै व्यहोरिने व्यवस्था मिलाइनेछ घोषणा गरेको छ । 

    ‘निःशुल्क शिक्षा, हामी सबैको इच्छा’ कार्यक्रमलाई निरन्तरता दिइएको पालिकाले घोषणा गरेको छ । ‘कञ्चनजङ्घाको पानी, हाम्रो आम्दानी’ अभियान कार्यान्वयनका लागि विषयविज्ञ मार्फत गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदनले मिनरल वाटरको सम्भावना देखिएको भनी औंल्याइ समेत सकेको भन्दै पालिकाले मिनरल वाटर उद्योग स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयारीको कार्य अघि बढाउने घोषणा गरेको छ ।

    गाउँपालिकाले ‘गाउँमै रोजगार, गर्वको आधार’ नामक कार्यक्रमलाई निरन्तरता दिने भएको छ । वैदेशिक रोजगारबाट फर्केका स्थानीय युवा, कोभिड–१९ बाट संक्रमित न्यून आय भएका एवम् सुकुम्बासी परिवारलाई यस कार्यक्रमबाट उद्यम सञ्चालनमा विशेष सुविधा उपलब्ध गराउने पालिकाले नीति तथा कार्यक्रम पारित गरेको छ । 

    गाउँपालिकाले अध्यक्ष रोजगार कार्यक्रम,एमबिबीएस डाक्टर पढाउने कार्यक्रम,कक्षा १२ सम्म निःशुल्क पढाउने कार्यक्रम,प्राविधिकधारतर्फ उच्च शिक्षा अध्ययन गर्न दिइने छात्रबृति कार्यक्रम,कक्षा १ देखि ५ सम्मका बिद्यार्थीलाइ दिने बिद्यालय पोशाक र झोला कार्यक्रमलाइ निरन्तरता दिने भएको छ । सुरु भएका वडा कार्यालयका प्रशासकीय भवनलाइ आउँदो मंसिर महिना भित्रमा पूरा गरी सञ्चालनमा ल्याउने पालिकाको प्रतिबद्धता रहेको छ ।

    करिव ५२ करोड रुपैंयाको बजेट: सिरिजंगा गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि झण्डै ५२ करोड रुपैया बराबरको बजेट ल्याएको छ । पालिका उपाध्यक्ष डाक्टर चित्र मावोले ५१ करोड ८२ लाख ७३ हजार रुपैंया बराबरको बजेट प्रस्तुत गर्नु भएको छ ।

    मावोद्धारा प्रस्तुत बजेट अनुसार गाउँपालिकाको चालूखर्च ७ करोड ४२ लाख,आर्थिक विकासतर्फ ३९ लाख,सामाजिक विकासतर्फ ५ कोड २४ लाख र पूर्वाधार विकासतर्फ ७ करोड ८७ लाख रुपैंया बजेट बिनियोजन भएको छ । 

    यस्तै वन,वातावरण तथा बिपद् व्यवस्थापतनतर्फ ६० लाख,संस्थागत विकास तथा सेवा प्रवाहतर्फ १९ लाख ५० हजार,समपुरक कोषतर्फ १ करोड,८ वटै वडालाइ वडागत सिलिङतर्फ २ करोड ७१ लाख,नेपाल सररकारको सर्शत अनुदान २२ करोड ८९ लाख,समपुरक अनुदान १ करोड,बिशेष अनुदान १ करोड ५० लाख खर्च हुने गरी प्रस्ताव गरिएको छ । यस्तै यस्तै प्रदेश सरकारको समपुरक अनुदान १ करोड र सर्शत अनुदान १ लाख २३ हजार रुपैंया खर्च प्रस्ताव गरिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २७ गतेको राशिफल

    आज साउन २७, २०८२ (अगस्त १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

    काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी...

    भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

    काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको...

    रवि लामिछानेको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी, गैरकानुनी दर्ता गरेको आरोप

    काठमाडौं, साउन २६ — रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीमा दिएको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी...

    रवि लामिछानेको कारागार कोठामा एसी र खुला झ्याल छैन: मानव अधिकार आयोगको तथ्याङ्क

    रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारमा गएर अनुगमन गरेको छ ।...