News Portal

लेटाङ नगरपालिकाको बजेट ७४ करोड ३१ लाख ३९ हजार ४ सय ८०

हिमालीसंचार संवाददाता
३८१ पटक

लेटाङ – लेटाङ नगरपालिकाले आगामि आर्थिक वर्ष २०७९/०८० का लागि ७४ करोड ३१ लाख बढीको बजेट सार्वजनिक गरेको छ । आज भएको दोश्रो नगरसभाको पहिलो बैठकमा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७४ करोड ३१ लाख ३९ हजार ४ सय ८० रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

जसमध्ये आयतर्फ आन्तरिक राजस्वाट १३ करोड १४ लाख ४५ हजार अनुमान गरिएको छ भने संघीय राजस्व बाँडफाँडबाट १० करोड ७९ लाख ९५ हजार, प्रदेश सरकारबाट बाँडफाँड भई प्राप्तहुने सवारी साधन कर ६४ लाख १३ हजार ४ सय ८० र गतवर्षको नगद मौज्दात ९ करोड रहेको उल्लेख गरिएको छ ।

यसैगरि वित्तीय समानीकरण अनुदानबाट १३ करोड २३ लाख, संघीय सशर्त अनुदानबाट २१ करोड ३६ लाख, संघीय समपूरक अनुदानबाट ६० लाख, विशेष अनुदान १ करोड २० लाख, प्रदेश वित्तीय समानीकरण अनुदान ७२ लाख ११ हजार, प्रदेश सशर्त अनुदान ९ लाख १८ हजार, प्रदेश समपूरक अनुदान १ करोड, सशर्त अनुदान जिससबाट प्राप्त हुने ५२ लाख ५७ हजार, सडकबोर्डबाट प्राप्त हुने रकम ५० लाखर जनसहभागतिाबाट १ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएकोछ । 

नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा समृद्ध लेटाङ, सुखी नगरवासीलाई नगरको दीर्घकालिन सोचको रुपमा उल्लेख गरिएको छ भने त्यस दीर्घकालिन सोचलाई पुरा गर्न लेटाङ नगर विकासको आधार, कृषि पर्यटन र पूर्वाधार भन्ने ध्येय लिइएको छ । प्रस्तुत बजेट नीति तथा कार्यक्रम नगरसभामा सर्वसहमतिमा पारित भएको थियो ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...