News Portal

लिंगे पिङ र चंगा उढाउने परम्परा हराउदै

६६६ पटक

जनक केसी/जाजरकोट – पाँच-छ वर्ष अघिसम्म सदरमुकाम खलंगा नजिकैका गाउँहरुमा जताततै लिंगे पिङहरु र आकासमा उडिरहेका रंगीविरंगी चंगाहरु देख्न पाइन्थ्यो। त्यतिवेला खलंगाका वजारहरुबाट केहि तल अनि केहि पर पुगेपछि स्याला, कालेगाउँ, वोहरा, रिसांग, रावतगाउँ, पिपे, रिम्ना, वाहुनथान, डिगा, पोख्रा राङसी लगाएतका गाउँहरु र होलुजिउलाका विभिन्न भागहरुमा  लिंगे पिङमा रमाउने र चंगा उडाउनेहरुको भिड देखिन्थ्यो।

सदरमुकामका वजार र वस्तीहरुसँगै दुर्गम गाउँका विकट वस्तीहरुमा समेत दशैं तिहारका वेला लिंगे पिङ र चंगा उडेको मज्जाले देख्न पाइन्थ्यो।

दशैंको घटस्थापनासँगै गाउँगाउँमा लिंगे पिङ वनाउन प्रतिष्पर्धा हुने गर्थ्याे। लिंगे पिङकै कारण गाउँमा एक प्रकारको रमाइलो मात्रै होइन यो एउटा परम्पराको रुपमा समेत स्थापित भएकाे थियो तर अहिले  सदरमुकामका गाउँमा मात्र होइन जिल्लाका कुनै पनि गाउँवस्तीहरु मा लिंगे पिङ र चंगा उडाइरहेको पाइदैन।

खेतमा धानका बाला झुल्न थाले सँगै गाउँका टोलटोलमा चंगा बनाएर उडाउने केटाकेटीको प्रतिष्पर्धा र लिंगे पिङमा वेसरी मच्चिएर रमाइलो गर्ने चलन  लगभग अन्त्य जस्तै भएको भेरी नगरपालिका २ रिसागका राजेन्द्र कार्कीले वताए। ‘आजभोलि कतै पनि दशैंका वेला लिंगे पिङ वनाएको र गाँउमा रमाइलो गर्दै रंगीविरंगी चंगाहरु उडाएको  देखिदैन’ कार्कीले भने, ‘सवै कुराको नक्कल गर्ने नयाँ पुस्ताको चलनले पुरानो मौलिक परम्पराको रुपमा रहेका सवै चलनहरु विस्तारै हराउदै गइरहेका छन्।’

गाउँमा चंगा उडाएको, मौलिक स्थानीय गीतसंगित र वाजाहरुको आवाज घन्किएको र लिंगे पिंङ मच्चिएको देखिन छोडेपछि दशैं तिहार लगाएतका पर्वहरुको रौनक घट्दो रहेको स्थानीय सरोकारवाला हरु वताउछन्। अघिल्लो पुस्ताका मानिसहरुका चलन र परम्परालाइ नयाँ पुस्ताका युवाहरुले निरन्तरता नदिँदा मौलिक चलनहरु ओझेल पर्ने मात्र नभइ हराउने खतरामा परेको जाजरकोटी कला र संस्कृतिका खोजकर्ता राजुराज सिंहले वताए।

उनले स्थानीय सरकारहरु, युवाहरु र सर्वसाधारण हरुले सस्कृति संरक्षणतर्फ ध्यान नदिएका कारण  हाम्रा चाडपर्वहरु निरस वन्न पुगेको वताए। संस्कृतिको संरक्षण र मौलिक परम्पराको जगेर्ना गर्ने दायित्व राज्यको भएपनि यसतर्फ कसैको पनि ध्यान नगएको उनले गुनासो गरे।

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले यो विषयमा कुनैपनि जनप्रतिनिधिहरुले कुरा नउठाएपनि आफुले अवको योजनामा स्थानीय मौलिक परम्परा र संस्कृति जगेर्नाको लागि वजेट र कार्यक्रम वनाउने वताए। उनले अव दशैं पछि नै स्थानीय मौलिक परम्पराको लागि पहल गर्ने वताए। वारेकोट गाउँपालिका ५ का ८७ वर्षीय मानवहादुर सिंह पहिले आफुहरुलार्इ आफ्नाे कला, परम्परा र चलन जोगाउने ठुलो चिन्ता भएको तर अहिलका पुस्तामा त्यो नभएको वताए।

प्रतिकृया दिनुहोस्

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...

आज २०८२ साल फागुन २२ गतेको राशिफल

आज फागुन २२, २०८२ ( मार्च ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन २१ गतेको राशिफल

आज फागुन २१, २०८२ ( मार्च ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...