News Portal

युक्रेनको सेभेरोदोनेस्क सहर रुसी सेनाको घेरामा, पछि हट्न निर्देशन

हिमालीसंचार संवाददाता
३७० पटक

युक्रेन। भीषण युद्ध चलिरहेको सेभेरोदोनेस्क सहरमा रहेका युक्रेनी सैनिकहरुलाई पछि हट्न निर्देशन दिइएको सो क्षेत्रका युक्रेनी अधिकारीहरुले बताएका छन्।

सेभेरोदोनेस्क करिबकरिब रुसी सेनाको घेरामा रहेको बताइएको छ। ‘महिनौँदेखि त्यहाँ गोलाबारी भइरहेको छ। अब त्यही ठाउँमा बसिराख्नुको अर्थ देखिँदैन,’ लुहान्स्क क्षेत्रका प्रमुख सेर्गेइ हाइदेइले भने।

सेभेरोनोस्क सहर सँगैको लिसिचान्स्क सहरसँग जोडिएको छ। हाइदेइले सेभेरोदोनेस्कको ९० प्रतिशत घरहरुमा गोलाबारी भएको र ८० प्रतिशत ध्वस्त भएको बताएका छन्।

यद्यपि, शुक्रबार बिहान मात्रै युक्रेनी सेनाले सेभेरोदोनेस्कका लागि लडाइँ चलिरहेको बताएको थियो। बिहीबार रुसी सेनाले यी दुई सहरको दक्षिणतिर थप भूमि कब्जा गरेको थियो। जसका कारण त्यहाँ रहेका युक्रेनी सैनिकहरु घेरामा पर्ने जोखिम बढेको छ। – एजेन्सी

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...