News Portal

कार्यान्वयन समस्याका कारण स्वास्थ्य बीमा आफैँ बिरामी

हिमालीसंचार संवाददाता
२३७ पटक

काठमाडौं – स्वास्थ्य बीमा आफैँ बिरामी परेको छ । कार्यान्वयनका केही समस्याका कारण अस्पतालहरूले स्वास्थ्य बीमासम्बन्धी सेवा बन्दको घोषणा गर्न थालेका छन् । मध्यम तथा आर्थिक रूपमा विपन्नलाई सो सेवा उपलब्ध गराएबापत प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि हैरान भएर सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका पदाधिकारीको भनाइ छ ।

स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई समयमा भुक्तानी दिन सकेको छैन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बीमा बोर्डले नियमित उपचार खर्च नदिँदा यही असार १५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ । धुलिखेल अस्पतालले पनि बीमा बोर्डबाट २५ करोड रुपियाँभन्दा बढी रकम लिनुपर्ने भएकाले सेवा बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ । 

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले बीमा बोर्डबाट अझै १० करोड रुपियाँभन्दा बढी रकम लिनुपर्ने भएको बताउँदै बीमा कार्यक्रम राम्रो भए पनि बाध्यताले यसको सेवा बन्द गर्नुपरेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...