News Portal

नेकपा अध्यक्ष केपी ओली र दुबईका राजपरिवार सदस्य शेख मोहम्मदबीच भेटवार्ता

हिमालीसंचार संवाददाता
३०४ पटक

काठमाडौं –  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र युएइ दुबईको राजपरिवारका सदस्य शेख मोहम्मद मक्तुम जुमा ला मक्तुमबीच आज भेट बार्ता गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेर शेख मोहम्मद मक्तुम जुमा ला मक्तुमले नेकपा एमाले अध्यक्ष आलीलाई भेटेका हुन्।

युएइ दुबईको राजपरिवारका सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेकपा एमाले केन्द्रिय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईको व्यक्तिगत निमन्त्रणामा नेपाल भ्रमणका लागि ३ गते नेपाल आएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनी झापा गएका थिए।

युएइ दुबईको राजपरिवारका सदस्य शेख मोहम्मद मक्तुमले झापा जिल्लाका विभिन्न स्थानमा सार्वजनिक कार्यक्रम उद्धाटन गरेको भन्दै गृहले रोक समेत लगाएको थियो। निजी भ्रमणमा औपचारिक र सार्वजनिक कार्यक्रम गर्न नमिल्ने भन्दै गृहको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय झापाले औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको थियो । ‘युएईका राजपरिवारका सदस्यलाई युएईको दूतावासको अनुरोधमा परराष्ट्र मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी रूट प्रयोग गर्न दिएको थियो।

तर, निजी भ्रमणमा आएको व्यक्तिले सार्वजनिक, सामाजिक, साँस्कृतिक सम्पदाहरूको उद्घाटन गर्ने, मस्जिद उद्घाटन गर्ने वा मदरसाको उद्घाटन/शिलान्यास गर्नेजस्ता कुरा गर्न उपयुक्त नहुने भन्दै रोक लगाएको थियो।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...