News Portal

नेपाल भ्रमणमा रहेको युएइका राजकुमार औपचारिक कार्यक्रममा सहभागि हुन गृहको रोक

हिमालीसंचार संवाददाता
३७८ पटक

अविन माबो/झापा – झापा जिल्लामा रहेका युएईका राजपरिवारका एक जना सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम सहभागी हुने औपचारिक कार्यक्रममा गृह मन्त्रालयले रोक लगाएको छ।

मेडिकल व्यवसायीसमेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको निमन्त्रणामा युएईका राजपरिवारका सदस्य शनिबार नेपाल आएका थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै झापा गएका थिए। प्रसाईंले खोलेको मेडिकल कलेजका विभिन्न कार्यक्रममा सहभागी भए । युएईका राजपरिवारका सदस्यको उक्त भ्रमणबारे नेपाल सरकारलाई औपचारिक जानकारी दिइएको कारण गृहले रोक लगाएको श्रोतले जानकारी दिए। 

निजी भ्रमणमा औपचारिक र सार्वजनिक कार्यक्रम गर्न नमिल्ने भन्दै गृहको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय झापाले औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। ‘युएईका राजपरिवारका सदस्यलाई युएईको दूतावासको अनुरोधमा परराष्ट्र मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी रूट प्रयोग गर्न दिएको छ।,’ 

झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले भने, दुर्गा प्रसाईंको व्यक्तिगत निमन्त्रणामा नेपाल आएको देखिन्छ। निजी भ्रमणमा आएको व्यक्तिले सार्वजनिक, सामाजिक, साँस्कृतिक सम्पदाहरूको उद्घाटन गर्ने, मस्जिद उद्घाटन गर्ने वा मदरसाको उद्घाटन/शिलान्यास गर्नेजस्ता कुरा गर्न उपयुक्त हुँदैन। किनभने यो कुटनीतिक सम्बन्धको पनि कुरा हुन्छ। ’

युएईका राजपरिवारका सदस्य सहभागी हुने कुनै पनि कार्यक्रम नेपाल सरकारको अनुमति लिएर गरेको नपाइएको पनि गृह मन्त्रालय स्रोतले बताएको छ। युएईका राजपरिवारका सदस्यले झापाका कचनकवल र भद्रपुरमा मस्जिद, विश्वविद्यालय शिलान्यास गर्नेजस्ता कार्यक्रम तय भएका थियो । ती कार्यक्रममा गृहले रोक लगाइ दिएको छ।

तस्वीरः विनोद पाण्डे

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...