News Portal

राजकुमार राईद्वारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ प्रिमियर शो बेलायतमा हुने

हिमालीसंचार संवाददाता
४९० पटक

बेलायत – पूर्व ब्रिटिस आर्मी, ग्राड मास्टर साउथ एसियाली आठौं साग स्वर्ण पदक विजेता चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनित कथानक चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायत स्थित अल्डसर्टमा हुने भएको छ । बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा आगामि २७ अगष्टमा प्रिमियर शो प्रर्दशन हुन लागेको हो।

नेपालको विभिन्न स्थानमा छायांलन गरिएको चलचित्रको युवराज राईले निर्देशक गरेका हुन् । विजया राईको प्रस्तुति रहेको कथानक चलचित्रमा रवी थापा, धन लिम्बु र मिलन राईले निर्माण गरेका कथानक चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो अल्डसर्टमा प्रर्दशन हुने जानकारी आइतबार पत्रकार सम्मेलनमा चलचित्र निर्माण युनिटले जानकारी दिए।

‘सोल अफ द कमाण्डो’ चलचित्रमा नायक राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुको मुख्य अभिनय रहेको छ ।उक्त चलचित्रमा एक आर्मीको संघर्षलाई कथाबस्तुमा समेटिएको छ। 

चर्चित युवा संगीतकार सन्तोष दुमी राई र आनन्द राईको संयुक्त संगीत रहेको चलचित्रका गीत नायक राजकुमार राई र चत्तुरभक्त राईले संयुक्त रुपमा रचना गरेका हुन्। चलचित्रको द्वण्द्व एनबी महर्जन र छायांकन दीर्घ गुरुङले गरेका छन ।

बेलायतमा हुने प्रिमियर शो टिकट दर २० पाउण्ड राखिएको छ। प्रिमियर शो मार्फत संकलित रकमका केही अंश सामाजिक सेवामा खर्च गरिने पनि निमार्ण पक्षले जनाएको छ। आयोजित पत्रकार सम्मेलनको कार्यक्रम संचालन रोमियन लिम्बुले संचालन गरेका थिए। 

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...