News Portal

मालपोत कार्यालयमा लालपुर्जा खोज्दा, भेटियो मृत्युदर्ताको प्रमाणपत्र

हिमालीसंचार संवाददाता
३९३ पटक

काठमाडौं – जीवनको महत्त्वपूर्ण समयमा दुःख गरेर कमाएको रकम केमा खर्च गर्नुहुन्छ ? प्रायः नेपालीको चाहना घर, घडेरी किन्ने नै हुन्छ । अझ वैदेशिक रोजगारीमा गएका नेपालीको उद्देश्य नै घर जग्गा जोड्ने हुन्छ ।

तर, दुःख गरेर किनेको जग्गाको रेखदेख पु¥याउन सकिएन भने अर्कैको हातमा पुगेको पत्तै हुँदैन । त्यस्तै घटना विस २०५५ सालमा कीर्तिपुरमा घडेरी किनेर जापान पुगेका एक दम्पती नेपाल फर्किएर मालपोत पुग्दा जग्गा त भेटिएन उल्टै हात लाग्यो आफ्नै मृत्युदर्ताको प्रमाणपत्र । 

जग्गाको अभिलेख मालपोत कार्यालयमा सुरक्षित रहन्छ र माटो कसैले बोकेर लान सक्दैन भन्ने विश्वास लमजुङका तारानिधि लोहनी र शान्तादेवी लोहनीका लागि पूर्णतः गलत साबित भयो । गत जेठ ५ गते जापानबाट नेपाल फर्किएर १३ गते मालपोत कार्यालय कलङ्कीमा लालपुर्जा खोज्दा शान्तादेवी लोहनीको नामको जग्गा अर्कैले किनेको पाइयो ।

त्यसपछि मालपोतको अभिलेख खोज्दा आफ्नै मृत्युदर्ताको प्रमाणपत्र फेला प-यो । शान्तादेवीले गुनासो गरिन्, “लामो समय विदेशमा बसेर कमाएको पैसाले किनेको जग्गा खोज्न जाँदा मृत्युदर्ता फेला प¥यो ।” उनले आफू सासू बिरामी भएर उपचार गर्न आएको बेला नसोचेको झमेलामा परेको भन्दै मानसिक तनावमा परेको गुनासो पनि गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...