News Portal

इन्धनको मुल्य फेरि बढ्यो, पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ पुग्यो

हिमालीसंचार संवाददाता
३७३ पटक

काठमाडौं – नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू गरेका छन् । 

प्रतिलिटर पेट्रोल १९९ र डिजेल-मट्टितेल १९२ निर्धारण गरेका छन् । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत कायम रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

नेपाल आयल निगमले इन्धनको मुल्य पटक पटक बृद्धि गरेको छ। रसिया युक्रेनको युद्धका कारण इन्धनको मुल्य बृद्धि भएको उल्लेख गर्दै विश्व बजारको प्रभावका कारण १९/०३ र हवाई इन्धनको मुल्य १९. ९१ ले बृद्धि भएको जनाएको छ। 

निगमका अनुसार अझै मासिक रुपमा ४ अर्व ७० करोड धाटा रहेको जनाएको छ। असारसम्म ५०/५५ अर्ब रुपैया नोक्सानी हुने स्थिति देखिएको बताएको छ। विदेशी मुद्रा खर्च गरी मंहको मुल्यामा आयात गर्नु पर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विधुत लगायतका स्वदेशी उर्जाको खपत बढाउनु पर्ने राष्ट्रिय आवश्यकता आम उपभोक्ताहरुले मननगर्न समेत निगमले अनुरोध गरेको छ। 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...