News Portal

युएइको दुबईमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईंको घोषणा

हिमालीसंचार संवाददाता
२६७ पटक

अविन माबो/झापा – मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले युएइ दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।

उनले भने, ‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्।’ त्यहाँ ‘बिएण्डसी दुबई भनेर म (दुबई) मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौं।’ नेपाल भ्रमणमा रहेका दुबईका ‘राजकुमार’ शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउमबीच उक्त विषयमा आपसी समझदारी भएको उनको दाबी थियो। 

मेडिकल व्यावसायी प्रसाईले युएइ दुबईका राजकुमार शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउमलाई खुकुरी उपहार प्रदान गरेका थिए। उनी काठमाडौं र पोखराको भ्रमण गर्ने कार्यक्रम रहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...